प्रधानाध्यापक मृत अवस्थामा भेटिए

शिक्षकको निधन

प्रधानाध्यापक मृत अवस्थामा भेटिए

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ बैशाख २०८२, ११:५० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ बैशाख २०८२, ११:५०

शिक्षा बिधेयक ऐनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षक कर्मचारी काठमाडौं केन्द्रित आन्दोलन गरि रहेको अवस्थामा उता कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए ।

स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरी घटना स्थल जाँदै गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस