राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंको बल्खुमा गर्न लागेको बागमती प्रदेश स्तरीय प्रदर्शन तथा आमसभालाई उच्च निगरानी गर्न २ हजार बढी प्रहरी खटाउने तयारि सरकारले गरेको प्रहरी उच्च अधिकारीहरुले बताएका छन ।
सरकारले प्रदर्शन स्थलमा २ हजार प्रहरी सहित अत्याधुनिक प्रविधिको ड्रोन क्यामरा मार्फत समेत प्रदर्शनकारिको निगरानी गर्ने तयारि समेत गरेको छ । प्रधानमन्त्री के.पी शर्मा ओलीले केहि दिन अगाडी सार्वजनिक कार्यक्रममा बोल्दै राजावादीहरुको कार्यक्रममा नजान उर्दी समेत जारि गरेको अवस्थामा आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंको बल्खुचोकमा “अवस्था बदल्न व्यवस्था बदलौ” भन्ने मूल नाराका साथ बृहत आमसभा गर्ने भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमान्डौको भृकुटीमण्डपमा आमसभा गर्ने तयारि गरेको भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भृकुटीमण्डपमा आमसभा गर्न नदिने भन्दै बल्खुचोकमा सभा गर्न अनुमति दिएको थियो ।
चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादी समुहले गरेको जनप्रदर्शन भड्किए पछी राजावादी समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता माथि सरकारले उच्च निगरानी बढाएको श्रोतको दावी रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश समितिको आयोजनामा हुन् लागेको प्रदर्शन तथा आमसभामा बिभिन्न संघ संस्था एवं राजाबादी समुहले समेत एक्यबद्धता जनाएका छन । राप्रपाले आज बल्खुचोकमा गर्न लागेको जनप्रदर्शन तथा आमसभालाई लियर हिजो तिनै तहका उच्च सुरक्षा निकायको बैठक समेत बसेको र प्रदर्शनमा नेपाल प्रहरी लगायतका अन्य सुरक्षा निकाय समेत परिचालन गर्ने निर्णय भएको श्रोतको दावी रहेको छ ।










प्रतिक्रिया