मकवानपुरको बकैया गाउँपालिका र बागमती गाउँपालिकाको सिमानामा पर्ने भुवनचुलिमा हेटौडा उपमहानगरपालिका १६ का अन्दाजी वर्ष ३५ का मिलन दंगालको मृत्यु भएको छ भने घटनालाई लिएर मृतकका आफन्तले धरान चतरा सडक अन्तर्गत भुवनचुलीमा बाटो अबरुद्ध गरेका छन।
सडक छेउको नालामा एक पुरुषको लास देखे पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलि पुगी सकेको र घटनाको बिषयमा स्थलगत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हटियाका मिलन दंगाल हिजोबाट सम्पर्क बिच्छेद भएको र स्थानीय श्रोतका अनुसार भुवनचुली नजिकै एक स्थानीय होटलमा केहि युवा सित दंगालको झैँ-झगडा भएकोले दंगालको दुर्घटना बाट मृत्यु नभई हत्या भएको स्थानीयले बताएका छन । दंगालको हत्या भएको भन्दै परिवारजनले राजमार्ग अबरुद्ध गरेका छन । प्रहरीले उक्त क्षेत्र बाट केहि व्यक्तिलाई नियन्त्रणमा समेत लिएको श्रोतको दावी छ । दंगालको हत्या भएको भन्दै पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् भने सवारी साधनहरु आवगमन ठप्प रहेको छ ।










प्रतिक्रिया