सवारी दुर्घटना हुँदा राक्सिराङ गाउँपालिका ४ स्थाई घर भई मनहरी गाउँपालिका ७ रोटरी मार्केटमा तरकारी ब्यबसाय गर्दै आएका सन्देश कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले बताउनु भयो ।
पूर्वपश्चिम राजमार्गअन्तरगत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित लोथरमा गएराति बस र म्याजिक एकआपसमा ठोक्किँदा म्याजिक चालकको मृत्यु भएको प्रहरीको भनाइ रहेको छ । राति करिब ३ बजेको समयमा भएको घटनामा राक्सिराङ गाउँपालिका ४ स्थाई घर भई मनहरीमा तरकारी ब्यबसाय गर्दै आएका ३२ वर्षीय सन्देश कोइरालाको उपचारको लागि चितवन नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो ।
चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१न.को बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नं.को म्याजिक गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेको प्रहरी निरिक्षक सापकोटाले जानकारी गराएका हुन् । दूर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा,टाउको र शरिरहरुमा चोट लागी गम्भीर घाईते भई उपचारको लागी चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक कोइरालाको शव सोही अस्पतालमा रहेको र बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक सापकोटाले जनाएका छन ।










प्रतिक्रिया