१० किलो ७०० ग्राम गाँजा सहित पक्राउ परे मनहरीका अनिल र अशोक

१० किलो ७०० ग्राम गाँजा सहित पक्राउ परे मनहरीका अनिल र अशोक

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ चैत्र २०८१, ०९:२२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ चैत्र २०८१, ०९:२२

इलाका प्रहरी कार्यालय नेवारपानी बाट खटिएको प्रहरी टोलिले लागु औषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले हेटौंडा १९ नेवारपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा चितवन तर्फबाट हेटौडा तर्फ आँउदै गरेको ना ७ ख ४५७३ नंम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी श्यामु अर्यालले जानकारी दिनु भएको हो ।

पुर्व पश्चिम लोकमार्ग हुँदै लागु औषध गाँजा ओसार पसार हुने गरेको पाहीए पछी उक्त क्षेत्रमा प्रहरीले चेक जांचलाई तिब्रता दिएको छ । प्रहरीले गोप्य सुचनाको आधारमा चेक जांच गर्दा चैत ३ गते अन्दाजी १९:३० बजे ना ७ ख ४५७३ नंम्बरको यात्रुबाहक बसमा रहेका यात्रुलाई रित पुर्वक खानतलासी गर्दा १० किलो ७०० ग्राम लागु औषध गाँजा सहित सो बसमा सवार भई आएका जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं ५ डिल्लीपुर बस्ने बर्ष ३० को अनिल तामाङ र सोहि वडा बस्ने बर्ष २४ को अशोक बललाई नियन्त्रणमा लिएको थियो ।

सार्वजनिक बसमा लागु औषध गाँजा ओसार पसार गर्ने अनिल तामाङ र अशोक बललाई लागु औषध मुद्धा कसुरमा सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस