हेटौंडाको बसपार्क क्षेत्रमा गुण्डागर्दी गर्ने लोप्चन पक्राउ, प्रहरीमाथि नै हातपात

हेटौंडाको बसपार्क क्षेत्रमा गुण्डागर्दी गर्ने लोप्चन पक्राउ, प्रहरीमाथि नै हातपात

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ फाल्गुन २०८१, ०५:३६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ फाल्गुन २०८१, ०५:३६

हेटौंडाको बसपार्कमा गुण्डागर्दी गर्दै प्रहरीमाथिनै हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती १० बजेतिर हेटौंडा उपमहानगरपालिका-१० बसपार्कका मादकपदार्थ सेवन गरी प्रहरीमाथि जाइलाग्ने हेटौंडा १८ हर्नामाडीका भिम लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादकपदार्थ सेवन गरी राती हेटौंडा-१० स्थित हेटौंडा दोहोरी साझ अगाडी गालीगलौज गर्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएपछी घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरी चौकी बसपार्कका इन्चार्ज बिमल ढुंगेलले लोप्चनलाई सम्झाई बुझाई गर्दा उनि प्रहरी इन्चार्जमाथि नै जाइलागेका थिए ।

प्रहरीलाई हातपात गर्दा प्रहरीको बर्दिसमेत च्यातिएको थियो । बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन नसकेपछी वडा र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

बिना कारण होहल्ला गर्दै व्यक्तिलाई कुटपिट गर्ने, धम्क्याउने काम गर्ने लोप्चनलाई प्रहरीले पटक-पटक पक्राउ गर्दै छोड्दै गर्ने गरेको थियो । लोप्चनलाई पक्राउ गर्ने बितिक्कै उनलाई छुटाउन नेपालि कांग्रेस बागमती प्रदेश स्तरका नेताले प्रहरीलाई दवाब दिने गरेको भए पनि यो पटक भने नेता भन्दा प्रहरिनै चनाखो भएर लोप्चनलाई पक्राउ गरेर म्यादथप् गरेको थियो।

उनलाई प्रहरीले सम्झाउदा आफु राजनीतिक पहुच भएको व्यक्ति भएकाले प्रहरीले केही गर्न नसक्ने भन्दै प्रहरीलाई नै धम्क्याउने गरेको प्रहरी अधिकारी बताउछन् । प्रहरीका अनुसार लोप्चनले पटक-पटक रातको समयमा मादकपदार्थ सेवन गरी सिसा फुटाइदिने, कुटपिट गर्ने र ज्यानमार्ने धम्की दिनेसमेत गर्ने गरेका छन्  । उनको हर्कतबाट बसपार्क छेत्रका प्रहरीसमेत हैरान भएका छन् भने सो क्षेत्रका व्यवसायी तथा स्थानीय त्रसित छन् ।

केही समय अघि लोप्चनले हेटौंडा उपमहानगरपालिका मातहतको बसपार्कमा रहेको ब्यबसायिक भवन अन्तर्गतको ८ नम्बर सटरमा रहेको पसलको सिसा फुटाइदिएपछी प्रहरीले पक्राउ गरी ४० हजार जरिवाना तिराउने कागज गराएर छोडेको थियो, तर उनले उक्त जरिवानाको रकमसमेत नतिरेको प्रहरी कहाँ गुनासो आएको प्रहरी स्रोतले बताएको छ ।

उनले पटक-पटक महिला प्रहरीमाथि पनि अभद्र व्यवहार गर्ने, अपशब्द बोल्ने गरेको पनि महिला प्रहरीको गुनासो छ ।

लोप्चन सोमबार राती एक प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको छ । उनलाई आज जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस