हेटौंडा १८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

हेटौंडा १८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० माघ २०८१, ०८:२५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० माघ २०८१, ०८:२५

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने १५ औँ वडा भएको छ । बुधबार एक समारोहका बीच हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले १८ नम्बरलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयले माघ ४ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रम राखेको भए पनि प्राबिधिक कारण उक्त दिन कार्यक्रमा गर्न नसकेको सुचना प्रकाशन गरि माघ ९ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम गरेको थियो ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा १८ नम्बरका वडाध्यक्ष अनिलकुमार बानियाँले वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए । वडाध्यक्ष बानियाँका अनुसार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक सूचकहरू पूरा भएपछि घोषणासभा गरिएको हो । आवश्यक ५१ सूचकमध्ये ४६ वटा सूचकमा शतप्रतिशत र बाँकी सूचकमा न्यूनतम नतिजा हासिल भएसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रममा अध्यक्ष बानियाँले वडामा बालबालिकाका लागि पञ्चवर्षीय लगानी योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरे । ज्योति माध्यमिक विद्यालय, हर्नामाडीको प्राङ्गणमा भएको घोषणासभामा वडाका ६ वटा विद्यालयसहित १८ वटा बालसमूहका साथै अन्य विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

हेटौँडा उपमहानगरभित्र अब ४ वटा वडा बालमैत्री घोषणा हुन बाँकी रहेका छन् । जसमध्ये वडा नम्बर १ मा माघ ११ गते, ३ मा १३ गते र १५ मा १५ गते बालमैत्री घोषणा गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस