विवादित तिवारीलाई टिकट दिंदा उपचुनावमा कांग्रेस नेतागणलाई सकस

विवादित तिवारीलाई टिकट दिंदा उपचुनावमा कांग्रेस नेतागणलाई सकस

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ मंसिर २०८१, ०९:४१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ मंसिर २०८१, ०९:४१

आज मङ्सिर २ गते देशका ४४ स्थानियतहमा उप-निर्वाचनको मनोनयन गर्ने दिन । केहि साता देखि निर्वाचन सम्बन्धि गतिबिधि तिब्र रुपमा बढी रहेको छ । आफ्ना दलका नेतालाई उपचुनावमा जिताउन बिभिन्न राजनीतिक दल लागे शक्ति प्रयोग गरि रहेको अवस्थामा नेपालि कांग्रेस मकवानपुर भने आफ्नै घर भित्रको लफडामा फासी रहेको कांग्रेस श्रोतको गुनासो रहेको छ ।

संघिय तथा प्रदेश चुनाबमा कांग्रेस उमेद्वार हराउन कांग्रेसनै लागेको आरोप प्रत्यारोप अझै निको भैसकेको छैन । हेटौडा उपमहानगरपालिका १२ मा पनि उप-निर्वाचन हुने र आज त्यस वडामा पनि मनोनयन दर्ता हुने कार्यतालिका रहे पनि कांग्रेस जिल्ला नेतृत्वमा भने निर्वाचनमा उठाएको उमेद्वारको बिषयमा अझै बिबाद रहेका कारण उमेद्वारी मनोनयनमा जान कांग्रेस नेतागणनै अनिच्छुक रहेको पाहिएको छ । हिजो संघिय चुनाबमा कांग्रेसको गढ मानिएको हेटौडा १२ मा कांग्रेसी वडा तहका नेताले कांग्रेसलाई अन्तरघात गरेको र उक्त वडा वाट कांग्रेस उमेद्वार भन्दा राप्रपाको उमेद्वारलाई नसोचेको मत प्राप्त भए पछी कांग्रेस नेतृत्वनै रुस्ट हुँदै आएको छ ।

नेपालि कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता मोहन आचार्य सहित जिल्ला तहका नेतागण बसेको बैठकमा कांगेस नेताहरुनै १२ नम्बरमा पैसा खाएर आफ्ना उमेद्वार हराउन लागेको कुरा उठाए पछी १२ नम्बर वडा बाट जिल्ला नेतृत्वमा प्रतिनिधित्व गरेका नेता बैठक छोडेर बाहिरिएका थिए । नेपालि कांग्रेस मकवानपुरले मङ्सिर १६ गते हुने निर्वाचनमा उमेद्वार चयन गर्दा छलफल नगरेको बिबादित व्यक्तिलाई उमेद्वार बनाएको भन्दै जिल्ला तहका नेताहरुले असन्तुष्टि जनाउदै आएको श्रोतको दाबि छ । कतै बुलेट बाईक चोर भनेर समाचार आएको छ, कतै बिना कारण पत्रकार फसाएको भनि सामाजिक संजाल भरिएको छ, त्यति मात्र होइन संघिय निर्वाचनमा नेपालि कांग्रेसकै उमेद्वार हराउन लागेको भन्ने आधार र प्रमाणहरु जुटी रहेको छ यस्तो अवस्थामा त्यस्तो बिबादित व्यक्तिलाई उमेद्वार बनाउदा नेपालि कांग्रेस समेत बदनाम हुनु पर्ने आलोचना खेप्नु पर्ने परिस्थिति बनेको कांग्रेस जिल्ला सदस्यले गुनासो गरे ।

हेटौडा उपमहानगरपालिका  १२ मा नेपालि कांग्रेसले उप चुनाबमा उमेद्वार बनाएका अर्जुन प्रसाद तिवारी कहिले  पत्रकार फसाउने त् कहिले मुद्दा मिलाई दिन्छु भनि बिचौलियाको काम गर्ने व्यक्ति रहेको पाहिएको छ । उनै तिवारीले चोरीको बुलेट बाईक प्रयोग गरि पत्रकार फसाउने काम गरेका थिए आज तिनै व्यक्तिलाई कांग्रेसले टिकट दिंदा कांग्रेसनै बिबादित बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस