सुचना लुकाउने हेटौडाको जेनिथ स्कुल सिटि कलेजलाई कारवाही गर्ने आयोगको चेतावनी

सुचना लुकाउने हेटौडाको जेनिथ स्कुल सिटि कलेजलाई कारवाही गर्ने आयोगको चेतावनी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ श्रावण २०८१, १०:२६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ श्रावण २०८१, १०:२६

हेटौडा उपमहानगरपालिका ५ नम्बर वडामा रहेको जेनिथ इन्टरनेशनल बिद्यालय सिटि कलेजले सुचना लुकाएको भन्दै रास्ट्रिय सुचना आयोग नेपालले जेनिथ स्कुलको नाममा ७ दिन भित्र सुचना मागकर्ता लाई सुचना उपलब्ध गराउन आदेश गरेको छ ।

रास्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ आयुक्त कमला वली आयुक्त रत्न प्रसाद मैनालीको सयुक्त इजलासले जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालय हेटौडा ५ को नाममा आदेश गरेको हो । आयोगको साउन १४ गते बसेको इजलासको आदेश तत्काल कार्यन्वयन गर्न जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालयको नाममा पत्राचार गरिएको आयोगले जनाएको छ ।

नेपालको संविधान २०७२ को धारा २७, सूचनाको हक सम्बन्धी ऐन २०६४ नियमावली २०६५ र सोको कार्यवधि २०७२ बमोजिमको सूचना दिनुपर्नेमा जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालयले माग गरेका सूचना नदिएर सूचनाको हकलाई नै बन्देज गर्ने कार्य गरेको हो ।

जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालय भित्रको विविध जनचासोका विषयमा सूचना माग गर्दा विद्यालयले विभिन्न बाहाना बनाई सूचना लुकाउने कार्य गरेको पाइएको छ ।

बिद्यालय भित्र हुने गरेका गतिविधि र सार्वजनिक चासोका विषयलाई लिएर आम नागरिकले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम निवेदन दिएको खण्डमा सम्बन्धित विद्यालयले समय भित्र सूचना उपलब्ध गराउनु पर्ने प्रावधान भएपनि जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालयले सूचना लुकाउने गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भनि उल्लेख छ । तर जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालयले सूचना अधिकारीसमेत राखेका छैनन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि उल्लेख गरेको छ । सोही ऐन अनुसार जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालयलाई सूचना माग गरिएको थियो तर आफ्नो समयावधि भित्र विद्यालयले सूचना नदिएको र सूचना लुकाएपछी हेटौंडा खबरका संचालकसमेत रहेका रविन्द्र गौतमले जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालय विरुद्ध पुनरावेदन गरेका थिए । सोही पुनरावेदन उपर आयोगले १४ साउनमा सूचनाको हक सम्बन्धि ऐनको दफा १० को उपदफा २ अनुसार पुनरावेदकलाई विना शुल्क सूचना उपलब्ध गराउनु भनी सम्बन्धित विद्यालयको प्रमुखको नाममा आदेश गरेको हो ।

साथै आयोगले सूचना मागकर्ता गौतमलाई सात दिन भित्र सूचना उपलब्ध नगराए आवस्यक कारवाही गर्ने आयोगको आदेशमा उल्लेख छ । आयोगको आदेश पश्चात पनि जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालयले सुचना दिन आनाकानी गरेको पाहिएको छ । सोसल मिडियामा भर्ना अभियान सम्बन्धि आक्रामक प्रचार गरेको जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालय सिटि कलेजले नेपालको कानुन लाइ नमान्ने रणनीति बनाए पछी सयौ बिद्यार्थीको भबिष्य अन्योल हुने त होइन भन्ने अभिभावकमा चिन्ताको बिषय बनेको छ । एक अभिभाबक भन्छन जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालयको नाममा आयोगमा मुद्धा परेको खाबर पाए पछी उक्त बिद्यालय कलेजमा आफ्नो नानि बाबु लाइ पढाउँन मन नै लागेन के थाहा भोलि भबिष्यनै बर्वाद पो हुने हो कि ? जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालय सित् पटक- पटक ताकेता गर्दा समेत सुचना पाउन नसकेको सुचनाको हक लाईनै गुमरहामा राखेको गौतमले बताए सुचना माग कर्ता लाई आयोगले तोकेको मितिमा सुचना उपलब्ध नगराए जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालय हेटौडा ५ लाई कारवाही गरिने आयोगले आफ्नो आदेशमा उल्लेख गरेको छ । यता जेनिथ इन्टरनेशनल अंग्रेजी माध्यमिक बिद्यालयका प्रिन्सिपल श्री बहादुर कार्की सित् बुझ्दा उनि भन्छन यो बिषयमा आफुलाई जानकारी नभएका कारण विद्यालयका सुमन्त सिलवाल सित् बुझेर खबर गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस