नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ भोलि लिने

नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ भोलि लिने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ श्रावण २०८१, ०७:४४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ श्रावण २०८१, ०७:४४

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ भोलि बुधबार बिहान ११ बजे पछी मात्रै ग्रहण गर्ने भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री लामालाई भोलि साउन ९ गते बिहान ११ बजेर ११ मिनेटको समयमा पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार, लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराउनेछन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि मंगलबार बेलुकी ५ बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र दिएका थिए ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गत असार २४ गते नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेका शालिकराम जम्कट्टेलले साउन ६ गते आइतबार प्रदेश प्रमुख समक्ष पदबाट राजिनामा दिएका थिए ।

निवर्तमान मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । भोलिनै बागमती प्रदेश सरकारमा मुख्यमन्त्री संगै अन्य मन्त्रीहरुले पनि सपथ लिने तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको नाम नेकपा एमालेले टुंगो लगाई सकेको छ भने नेपाली कांग्रेस आन्तरिक तयारीमै जुटेको छ ।

कांग्रेसले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्री हरुको नाम भोलि बिहान सम्म टुंगो लगाउने नेपाली कांग्रेस ससदीय दलका उपनेता र्रामकृष्ण चित्रकारले जानकारी दिनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस