बारा जिल्लाको कोहल्बी नगरपालिकाको बेरुजु ८१ करोड सतासी लाख

बारा जिल्लाको कोहल्बी नगरपालिकाको बेरुजु ८१ करोड सतासी लाख

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ श्रावण २०८१, ११:२५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ श्रावण २०८१, ११:२५

मदेश प्रदेशमा रहेका स्थानीय तहको बेरुजु अन्य स्थानीय तहको भन्दा अधिक रहने गरेको पाहिएको छ।

बारा जिल्लाको कोहल्बी नगरपालिकाको बेरुजु मात्र ८१ करोड सतासी लाख रहेको छ। जनता बाट उठाएको कर बाटनै तिनै तहको सरकार संचालन हुने अवस्थामा त्यही करमा स्थानीय सरकार संचालन गर्न पुगेका केहि सिहंदरवारका “सिहं” हरु र स्थानीय सिहंदरवार लाइ चलायमान गराउने कर्मचारी हरुको गिद्दे नजरका कारण स्थानीय तहमा अनियमितता हुने गरेको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिबेदनमा कोहल्बी नगरपालिका बारामा चरम अनियमितता भएको पुस्टि गरेको छ। नगरपालिकाले ब्यबसायी मार्फत रकम असुली गर्ने तर राजस्व दाखिला नगर्ने कार्यमा समेत अनियमितता गरेको पाहिएको हो ।

कोहल्बी नगरपालिकाले भ्रमण भत्ता नियमावाली २०६४ को नियम ३(४) भ्रमण गर्दा कार्यालय प्रमुखको स्वीकृति लिनु पर्ने उल्लेख गरेको छ, तर कोहल्बी नगरपालिकाले बिना स्वीकृति भ्रमण भत्ता बापतको दुई लाख पचास हजार भुक्तानी गरेको छ भने कोहल्बी नगरपालिकाले बैक हिसाब मिलाननै नगरी बिपत ब्यबस्थापनमा समेत चरम अनियमितता गरेको, कोहल्बी नगरपालिकाको उप-प्रमुखको स्वकीय बनाइ प्रेम नारायण चौधरीलाई २ लाख ७६ हजार भुक्तानी गरेको छ। स्थानीय सरकार संचालन कार्यविधिमानै उप- प्रमुखले स्वकीय राख्न नपाउने प्रस्ट उल्लेख गरेको छ। कोहल्बी नगर पालिकाले कर्मचारीलाई सोझै भत्ताको नाममा ५० लाख बढी भुक्तानी गरि नीतिगत रुपमै आर्थिक अनियमितता गरेको हो।

नगरपालिकाले ५५ जना कर्मचारी एवं कार्यकर्ता लाइ ३७ लाख बढी बिना कागजात पेश्की दिएको छ, लाल बकैया खोला र भमरा खोला उत्खनन गरे बापत पालिकाले आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नु पर्ने ५० लाख समेत दाखिला नगरी अपचलन गरेको महालेखाले प्रतिबेदनमा उल्लेख गरेको छ। खोला उत्खनन अनुमति पाएको पी.आर.एस आरडी. जेभी सिट पालिकाले ४ करोड बढी रकम असुल गर्नु पर्ने देखिए पनि उक्त रकम असुल गर्न कोहल्बी नगरपालिकाले कुनै प्रक्रिया अबलम्बन नगरेको समेत प्रतिबेदनमा उल्लेख भएको छ।पालिकाले नियम बेगरनै निकासी करको रसिद छापी घरकेन्द्र चौधरी मार्फत निकासी कर बाट उठेको रकम समेत राजस्व दाखिला नगरी मिलि भगतमै राजस्व छली गरेको पाहिएको हो ।

कोहल्बी नगरपालिका प्रमुखले आफ्नै मनमानी तरिकाले १७ लाख बढी रकम अपचलन गरेको र बिना प्रमाण बिना कागजात ४६ लाख बढी रकम समेत बिभिन्न शिर्षकमा भुक्तानी गरेको पाहिएको छ।कोहल्बी नगरपालिकामा यति धेरै अनियमितता नियमनकारी निकायको ध्यान कहिले जाला आमा नागरिकको चासोको बिषय बनेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस