मकवानपुरको बागमती गाउँपालिकामा गाउँपालिका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतको मिलेमहत्वमा चरम अनियमितता हुने गरेको महालेखा प्रतिबेदनमा उल्लेख भएको छ । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र पालिका प्रमुख झम्कनारायण घलानको मिलेमहत्वमा अनियमिता भएको बागमती गाउँपालिका मकवानपुरका जनप्रतिनिधिले बताएका छन ।
बागमती गाउँपालिका भित्र अनियमितता भएको अध्यक्ष एकलौटी तरिकाले अगाडी बढेको आर्थिक हिनामिना गरेको बजेट विनियोजनमा मनमौजी गरेको कार्यपालिकालाइ निजि कम्पनि बनाएको जनताको बिकाश निर्माणका कार्यलाई भन्दा पनि सवारी साधन भोगी भएको जस्ता आरोप अध्यक्ष घलान लाइ लाग्दै आएको छ । अध्यक्ष घलानले गाउँपालिकाको कार्यविधि प्रदेशले अनुमोदन गरेको स्थानीय सरकार संचालन ऐन लाइ समेत बेवास्ता गर्दै अध्यक्षको कानुनि सल्लाहकार नियुक्त गरि गाउँपालिकाको ढुकुटी बाट दुइ लाख सत्तरी हजार गत आर्थिक बर्षमा अपचलन गरेको त्यस्तै गाउपालिकाले कानुन बिपरित गाउँपालिकाको खेलकुद प्रशिक्षक् राख्ने बहानामा ५ लाख उनान्चालीस हजार समेत अनियमितता गरेको पाहिएको छ । पालिका अध्यक्ष् घलानले आफु पहिलो पल्ट गाउँपालिका अध्यक्ष हुदाँ बागमतिमा रेडियो संचालन गर्ने नाममा समेत अनियमितता गरेको आरोप लाग्ने गरेको छ ।
पछिल्लो समय निक्कै बिबादित बनेका अध्यक्ष घलान लाइ गाउँपालिकामा बेथिति गरेको भन्दै बहालवला वडा अध्यक्ष कार्यपालिका सदस्य पालिका उपाध्यक्ष समेतले बिरोध जनाउदै आएका छन । माओबादी भित्र जनार्दन समूहमा रहेका घलान लाइ मकवानपुरमा पनि माओबादी जिल्ला, प्रेदश, केन्द्रका नेताले समेत विश्वास गर्न छोडेको नेकपा माओबादी श्रोतले बताएको छ । बागमती गाउँपालिका भित्रको अनियमितताको साक्षि बस्न नसक्ने भन्दै गाउँपालिका उपाध्यक्ष सहितका जनप्रतिनिधिले असार १० गतेको गाउँ सभानै बहिस्कार गरि हेटौडामा पत्रकार सम्मेलननै गरेर जानकारी गराएका थिए ।

बागमती गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (१५) अनुसार अघिल्लो बर्षको भुक्तानी दिन बाकि रहेको रकम समेत भुक्तानी गरेको कुनै कागजपत्र समाबेश नगरी एक लाख बाइस हजार अनियमितता गरेको पाहिएको छ । पालिकाले औषधि खरिदमा समेत ४६ हजार बढी रकम अनियमितता गरेको भेटिएको छ भने पुस्तक खरिदमा समेत ८७ हजार बढी रकम अनियमितता गरेको पाहिएको हो । पालिकाले क्यु आर कोड प्रमाणीकरण शिर्षकमा रहेको रकम १ लाख उनान्तीस हजार अनियमितता गरेको महालेखाको प्रतिबेदनमा उल्लेख भएको छ । शर्केस घलान र निमित्त प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानको मिलेमहत्वमा बागमती गाउँपालिकामा चरम अनियमितता हुने गरेको छ ।
पालिकाले सवारी साधन खरिदमा समेत १३ लाख अनियमितता गरेको पाहिएको छ । बागमती गाउपलिकाले कर्मचारी नियुक्ति को बहानामा ९० लाख बाउन्न हजार बढी रकम अनियमितता गरेको श्रोतको दाबि छ । पालिका भित्र अध्यक्ष घलान र निमित्त प्रमुख प्रशासकीय अधिकृत घलानले लुट तन्त्रनै मच्चाएको स्थानीयको आरोप रहेको छ । पालिकाले हेभी इक्युइमेन्ट खरिदमा समेत अनियामितता गरेको र ति इक्युइमेन्ट कहाँ प्रयोग भए कति इन्धन खरिदा भयो कति आम्दानि भयो पालिकाको कार्यपालिका सदस्य समेत लाइ जानकारी नभएको बताएका छन । अध्यक्ष् र हाकिमले कहाँ पठाए के गरे केहि जानकारी छैन कार्यपालिका सदस्यको भनाइ रहेको छ । स्थानीय सरकार संचालनको नाममा यति धेरै अनियमितता यति धेरै लुटतन्त्र कहिले सम्म ?
अध्यक्ष शर्केस घलान र निमित्त प्रमुख प्रशासकीय अधिकृतले पालिकामा अनियमितता गरेको पालिकालाई निजि कम्पनि जस्तो बनाएको गाउँसभा लाइ पार्टीको बैठक जस्तो बनाएको पालिका भित्र नीति तथा कार्यक्रम प्रभाबकारी बनाउन नसकेको भन्दै अध्यक्ष घलान बिरुद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा मुद्दा दायरा भएको छ । जनताले तिरेको कारमा स्थानीय सरकार संचालनको नाममा भएको अनियमितता नियन्त्रण गर्न राज्यको सरोकारवाला निकायको ध्यान कहिले जाला ? नागरिकको गुनासो रहेको छ । अध्यक्ष घलानले बागमती गाउँपालिकालाई निजि कम्पनि बनाउन खोजे पछी पालिका भित्रने घलान चेपुवामा परेका छन भने घलानले गरेको अनियमितताको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु पर्ने स्थानीयको माग रहेको छ ।










प्रतिक्रिया