नेपाल तरुणदल केन्द्रीय सदस्य गुरु प्रसाद दाहाल (गोपी) ले मनहरी गाउँपालिका ५ मा रहेको बिपन्न परिवारलाई सहयोग गरेका छन ।
नेपाल तरुणदल केन्द्रीय समिति लाइ केन्द्रीय कार्यालय भवन निर्माण गर्न २ लाख ५ हजार सहयोग गरेका दाहालले मकवानपुरको मनहरी गाउँपालिकाको बिपन्न परिवारलाई सुरक्षित बसोबासको लागि निर्माण सामाग्री सिमेन्ट सहयोग गरेका हुन् ।
मनहरी गाउँपालिका ५ निवासी बिपन्न परिवार लाल बहादुर गुरुङ लाइ १५ बोरा सिमेन्ट सहयोग गरेका हुन् नेपाली कांग्रेस मनहरी गाउपालिका ५ नम्बर वडा सभापति बिष्णु प्रसाद उप्रेती हेटौडा उपमहानगरपालिका ३ नम्बर वडा सदस्य रत्न गोले तरुण दल मनहरी गाउपालिका ५ नम्बर वडा सभापति, नेपाली कांग्रेस वडा प्रतिनिधि शान्ता नेपाल,प्रतिमा भण्डारी लगायत स्थानीय समाजसेवीको रोहबरमा गुरुङ लाइ घरमै पुगेर सहयोग गरिएको थियो ।

मनहरी गाउँपालिका भित्र आरक्ष बाट आउने बन्यजन्तुले निक्कै दुख दिने गरेको र त्यस क्षेत्रका बासिन्दा असुरक्षीत महशुस गर्दै आएको खबर पाए पछी दाहालले घर घेराबार गर्न सहयोग गरेको बताएका छन । गुरुङको घर परिवार आरक्षको बन्यजन्तु बाट पिडित भएको पाहियो त्यसैले घरलाइ सुरक्षित् बनाउन सामान्य सहयोग गरेको दाहालले बताए दाहाल भन्छन तरुणदल जनताको सुरक्षामा मात्र होइन समस्यामा पनि सधै साथमा रहने छ नेपाली कांग्रेस मनहरी गाउँपालिका ५ नम्बर वडा सभापति उप्रेतीले बिपन्न परिवार लाइ तरुण नेताले गरेको सहयोग प्रति धन्यबाद ब्यक्त गरेका थिए ।










प्रतिक्रिया