बकैयाको बालहित बिद्यालयमा सरकारी पैसाको रजाइ

बकैयाको बालहित बिद्यालयमा सरकारी पैसाको रजाइ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ बैशाख २०८१, ०९:४५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ बैशाख २०८१, ०९:४५

मकवानपुरको बालहित प्रथामिक बिद्यालयले सरकारी रकमको दुरुपयोग गर्ने गरेको पाइएको छ ।

जिल्लाको बकैया गाउपालिका ३ बसनमा रहेको विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षककर्मचारीको मिलेमतोमा विद्यालयको रकम हिनामिना गर्ने गरेको पाइएको हो ।

विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर विद्यालयको बैंक खातामा रहेको रकम समितिका पदाधिकारीहरुले ब्याजमा चलाएको खुलेको हो । विद्यालयको आर्थिक वर्ष २०७९र८० को लेखा परिक्षणबाट विद्यालयको खातामा रहेको ४ लाख ५० हजार रुपैयाँ व्यक्तिले चलाएको थाहा भएको हो ।

विद्यालयकै लेखा परिक्षण प्रतिवेदनमा सरकारी रकमको दुरुपयोग गरी व्यक्तिमा लगानी गरिएको उल्लेख गरिएको छ । पालिका तथा अन्य निकायले सहयोग तथा अनुदान दिएको रकम विद्यालय व्यवस्थापन समितिले निर्णय गरी व्यक्तिमा लगानी गरिएको देखिएको हो । यसरी गैरकानुनि ढंगले सरकारी रकमको दुरुपयोग गर्दासमेत सम्बन्धित निकायले यसबारे खोजीनिती गरेको छैन ।

विद्यालयको रकम व्यक्तिमा लगानी गरेको विद्यालयले स्वीकार गरेको छ । विद्यालयका सूचना अधिकारी जिमी लो ले आफुहरुलाई थाहा नभएकाले व्यक्तिलाई ब्याजमा चलाउन पैसा दिएको बताइन् । उनले यसबारे आफुलाई थाहा नभएकाले विद्यालयको मौज्दात रकम ब्याजमा लगाएको स्वीकारिन्  ।

मनलाग्दी लेखा परिक्षण

विद्यालयले आफ्नो लेखा परिक्षणसमेत मनलाग्दी ठंगले बनाउने गरेको पाइएको छ । हिसाव मिलानकै लागि मात्र विद्यालयले लेखा परिक्षण प्रतिवेदन बनाउने गरेको तथ्य फेला परेको हो । विद्यालयमा हुँदै नभएका खर्च देखाउने गरेको समेत पाइएको छ ।

विद्यालयमा अन्य थुप्रै शिर्षकहरुको नाममा विद्यालयको रकम दुरुपयोग गर्ने गरिएको छ । विद्यालयमा हुँदै नभएको सामानको खर्च देखाईएको, मनलाग्दी सामान खरिद गरेको, कम्प्युटर तथा ल्यापटप नै नभएको विद्यालयमा इन्टरनेट जोडिएको र वार्षिक नेट शुल्कको नाममा ठुलो रकम भुक्तानी गरिएकोलगायत विद्यालयले सरकारी रकम हिनामिना गर्ने गरेको पाइएको हो ।

थाहा नगरपालिकाको रकम बकैयाको विद्यालयलाई

यस विद्यालयलाई जिल्लाकोको थाहा नगरपालिकाबाट गत आर्थिक बर्षमा १३ लाख ६० हजार छ सय पचपन्न रुपयाँ निकाशा भएको र आर्थिक बर्ष २०७९र०८० मा सोही नगरपालिकाबाट १६ लाख २५ हजार एक सय नौ रुपयाँ निकाशा भएको बालहित प्रथामिक विद्यालयको लेखा परिक्षण प्रतिबेदनमा उल्लेख भएको छ ।

केशब कुमार अधिकारी एण्ड एसोसिएट्सक लेखा परिक्षक केशब कुमार अधिकारीले तयार गरेको प्रतिबेदनमा थाहा नगरपालिकाबाट उक्त रकम निकाशा भएको उल्लेख गरिएको हो । आर्थिक प्रतिबेदन विद्यालयका प्र।अ सारदा फुयाँल, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल कुमार बि।क ले समेत प्रमाणित गरेका छन् ।

थाहा नगरपालिका संग सिमाना समेत नजोडिएको बकैया गाउपालिकाको विद्यालयलाई यति ठुलो रकम निकासा गरेको लेखा परिक्षण प्रतिवेदनले देखाउदा दुवै गाउँपालिका मौन रहेका छन् ।

एक सरकारी विद्यालयमा यति ठुलो लापरबाही र सरकारी रकमको दुरुपयोग हुँदासमेत सम्बन्धित निकाय भने मौन बसेका छन् । यस विषयमा बकैया गाउँपालिका शिक्षा महाशाखाले कुनै प्रतिक्रिया दिएको छैन भने, शिक्षा समन्वय इकाईले पनि यस विषयलाई चासो दिएको छैन । यसबारे तत्काल सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

भवन निर्माणमा अनियमितता

बकैया गाउपालिका ३ बसनमा रहेको बालहित प्रथामिक बिद्यालयको २ कोठे भवन निर्माण गर्दा अनियमितता भएको तथ्य सार्वजनिक भए पछी स्थानीयवासी आक्रोसित भएका छन । बिद्यालय लाइ डि.एल.पी.आइ.यु ले उपलब्ध गराएको बजेट बाट निर्माण भएको दुइ कोठे भवन निर्माण गर्दा विद्यालयले खरिद समिति समेत नबनाई मन मौजी तरिकाले बिद्यालय निर्माण गरेको बुजिएको छ ।

बिद्यालय भवन निर्माण त गर्नु भो खरिद समिति निर्माण भयो कि भएन ठेक्का प्रक्रिया भयो कि भएन भनेर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल बहादुर बि.क सित् बुज्दा उनि भन्छन कता बाट बजेट आएको हो कसले बनाएको हो आफुलाई केहि थाहा नभएकोले प्र.अ ले नै सबै गर्नु भएको हो उहा लाइ नै बुज्नुस भन्ने जबाफ दिए ।

विद्यालयका प्र.अ सारदा फुयाँललेको एकल निर्णय बाट बिद्यालयको भवन निर्माण भएको र कुनै पनि खरिद समिति नबनाई आफु खुशीनै कारोवार भएको बुजिएको छ ।भवन निर्माणमा ३५ लाख ७७ हजार चार सय एकचालीस रुपयाँ खर्च भएको छ । विद्यालयको भवन निर्माणमा भएको अनियमितता छानबिन गर्नु पर्ने माग स्थानीयको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस