स्वास्थ्य क्षेत्रमा हुने गरेको नीतिगत भष्ट्राचारले जरो गाडिरहेको अवस्थामा सम्बन्धित निकायले बेलैमा सतर्कता नअपनाउने हो भने स्वास्थ्यका सरकारी माफिया “उडुस” झैँ ढाडीने स्थिति रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकले पुष्टी गरेको पाइन्छ ।
दलिय कोटामा नेताका प्यारो भएकै आधारमा दाम बक्सिस गरेर कमाई अड्डामा जाने स्वास्थ्यका सरकारी माफियाकै कारण स्वास्थ्य क्षेत्रमा भष्ट्राचार मौलाउने गरेको स्रोतको भनाई रहेको छ । स्वास्थ्य क्षेत्रमा पछिल्लो समय सरकारले गरेको लगानी वालुवामा पानि जस्तै भएको छ । औषधी जन्य सामाग्री खरिद देखि सर्जिकल उपकरणको ठेक्का प्रक्रिया बाटनै नीतिगत भष्ट्राचार हुने गरेको सरकारी तथ्यांकले उल्लेख गरेको छ ।
स्वास्थ्य क्षेत्रमा हुने भष्ट्राचारमा मन्त्रालयका सचिव देखि बिभिन्न स्वास्थ्य सँग सरोकार राख्ने सरकारी स्वास्थ्य निकायका निर्देशक एवं स्टोर साखा प्रमुख सम्मको सेटिङ हुने गरेको पाइएको हो ।
जेनजी आन्दोलनले बिस्थापित गर्ने भनिएको भष्ट्राचार पुरानै कर्मचारीको सेटिङ प्लान अनुसार झन् स्थापित हुँदै गएको बताइन्छ । स्वास्थ्य क्षेत्रमा सेटिङ प्लानका माहिर हस्तीको रुपमा पछिल्लो समय स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बिकाश देबकोटा र बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका निर्देशक अर्जुन सापकोटा रहेको पाइएको जानकारहरुले बताउँदै आएका छन । संघिय सरकारको स्वास्थ्य मन्त्रीमा डाक्टर सुधा गौतम नियुक्त भए पश्चात सेटिङ मास्टरहरुको सेटिङ प्लान तोड्न नसक्दा मन्त्री समेत विवादित बन्ने आशंका गरिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक हुँदै सचिव बढुवा भएका डाक्टर विकास देवकोटाले अगाडि बढाएका आधा दर्जन टेन्डर प्रक्रियाहरू रद्द भइसकेको छ । उनीपछि विभागमा पुगेका महानिर्देशक टंक बराकोटीले आधा दर्जन टेन्डर रद्द गरिदिएका छन् । ती सबै टेन्डर मिलेमतोमा अगाडि बढाइएको भेटिएपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले विभिन्न आधा दर्जन टेन्डर रद्द गरेको थियो । विभागका अनुसार यस अघि डाक्टर विकास देवकोटा महानिर्देशक हुँदा टेन्डरको नाममा सेटिङ गरि आफु निकट ब्यबसायी पोशाउने काममा सक्रिय रहेको तथ्य खुलेको हो ।
स्वास्थ्य सचिव देबकोटाले आफु अनुकुल काम गर्न स्वास्थ्य व्यवस्थापन महाशाखामा डाक्टर पवनजंग रायमाझीलाई व्यवस्थापन महाशाखाको निर्देशक बनाए पछी देबकोटाको सेटिङ प्लानमा रायमाझीले सघाउदै आएको स्रोतको दावी रहेको छ ।
स्वास्थ्य व्यवस्थापन महाशाखाका निर्देशक रायमाझी र स्वास्थ्य सचिव देवकोटाको सेटिङ प्लानकै कारण स्वास्थ्य ब्यबसायीले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन् ।
स्वास्थ्य क्षेत्रमा सेटिङ खेलाडी भनेर चिनिएका डाक्टर रायमाझी र देबकोटाको युगल जोडीकै कारण स्वास्थ्य मन्त्रालय समेत बदनाम हुने गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सिमित आफु निकट ब्यबसायी लक्षित् गरि सेटिङ टेन्डर कार्य गर्दै आएका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बिकाश देबकोटाको सम्पति शुद्धीकरण गर्नु पर्ने भन्दै सम्पति शुद्धीकरण आयोगमा समेत उनि बिरुद्ध उजुरी परेको बताइन्छ ।
स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतमले मन्त्रालयको गरिमामयलाई कायम गर्ने हो भने स्वास्थ्य क्षेत्रमा हुने नीतिगत भष्ट्राचार रोक्नु पर्ने चुनौती थपिएको छ भने स्वास्थ्य क्षेत्रलाई कमाई खाने भाडो बनाउने सरकारी धमिरामाथि कारवाहीको डण्डा चलाउने पर्ने आवाज उठ्न थालेको छ ।










प्रतिक्रिया