लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको निर्वाचनलाई लिएर यति बेला लायन्सकै बदानाम भएको पाइएको हो ।
लायन्स सेकेन्ड भाईस गभर्नर सुदर्शन अधिकारीको निधन पश्चात खालि रहेको पद पूर्ति गर्नु पर्ने पदमा लफडा हुँदै आएको हो । सामाजिक क्षेत्रमा काम गर्ने भनेर परिचित रहेको संस्थामा पदीय लोभको कारण विवाद उत्पन्न भएको स्रोतको दावी रहेको छ ।
लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको रिक्त रहेको लायन्स सेकेन्ड भाईस गभर्नर पदमा गत भाद्र १५ गते निर्वाचन भएको र उक्त निर्वाचनबाट जिवछ प्रसाद यादव(जे.पी. यादव) निर्वाचित भएको कार्यतालिका निर्वाचन संयोजक हरिबंश भेटवालले सार्वजनिक गरि सकेको अवस्थामा सोहि मितिमा लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसका गभर्नर विनय बस्नेतले उक्त निर्वाचन प्रक्रियालाई मान्यता नपाउने भनि उर्दी लिखित जारि गरे पश्चात लायन्स निर्वाचन पद्धति माथि बस्नेत हावी भएको आरोप उनि माथि लाग्दै आएको थियो ।
लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको भाद्र १५ गते भएको निर्वाचनबाट यादव निर्वाचित भएको प्रमाणपत्र निर्वाचन संयोजकले हस्तान्तरण गरि सकेको अवस्थामा लामो समयमा सम्म कुनै प्रतिक्रिया नजनाएको एउटा समुहले पुन लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको रिक्त रहेको लायन्स सेकेन्ड भाईस गभर्नर पदमा आफुनै हुनु पर्ने भनि गुट तयार गरि निर्वाचन तालिका मनोनयन प्रक्रिया प्रारम्भ गरे पछी अन्तत विवाद छताछुल्ल भएको छ ।
सामाजिक क्षेत्रमा काम गर्ने अठोट लिएको लायन्स जस्तो गरिमामय संस्थामा सिमित व्यक्ति हावी हुँदा लायन्स बदानाम भएको विश्लेषकहरुको आरोप रहेको छ । यता लायन्सको भाद्र १५ गते भएको निर्वाचन आधिकारिक हो वा होईन भनि लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसका गभर्नर विनय बस्नेत सित प्रतिक्रिया लिंदा उनि भन्छन प्रक्रिया नपुगेको कारण केहि त्रुटी रहेको र आधिकारिक कुन हो भन्ने आफुले कागज हेरे पछी मात्र बताउन सक्ने प्रतिक्रिया दिए । बस्नेतको प्रतिक्रिया र उनको स्टेटमेन्ट हेर्ने हो भने उनि दोहोरो रोल गरि रहेको प्रस्टै हुन्छ । उनै बस्नेतले भाद्र १५ गते सम्मको अन्तिम डेटलाईन दिएर निर्वाचन गर्न निर्देशन दिएका थिए भने निर्वाचन समय सिमा भित्र सम्पन्न गर्दा उनै बस्नेतले भाद्र १५ गते ध्यानाकर्षण पत्र भन्दै उक्त निर्वाचनलाई नमान्ने आशयको पत्र प्रकाशन गरेका थिए । यस कारण पनि लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको रिक्त रहेको लायन्स सेकेन्ड भाईस गभर्नर पदमा बस्नेत नजानिँदो राजनीतिका गरि रहेको स्पष्ट हुने आधार रहेको जानकारहरु बताउछन ।
लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको रिक्त रहेको लायन्स सेकेन्ड भाईस गभर्नर पदमा विवादै विवाद हुने गरेको समेत पाइएको छ । लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको रिक्त रहेको लायन्स सेकेन्ड भाईस गभर्नर पदमा निर्वाचन गर्न अरुणराज सुमार्गीलाई निर्वाचन संयोजक तोक्ने बेला देखि यो विवाद चुलिएको थियो । यता अरुणराज सुमार्गी निर्वाचन संयोजक बन्ने उता लायन अंकिता सुमार्गी लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको सेकेन्ड भाईस गभर्नरको उमेद्वार बन्ने बिषय पेचिलो बनेको थियो ।
यति बेला लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको भाद्र १५ गते भएको निर्वाचनबाट निर्वाचित भएका जिवछ प्रसाद यादव(जे.पी.यादव)लाई आधिकारिक नभएको भन्दै सयोजक लायन किशोर टन्डनले निर्वाचन तालिका सार्वजनिक गरेका छन । यसले पनि लायन्समा विवाद रहेको प्रस्टै हुन्छ यता अंकिता सुमार्गीलाई लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५ एसको रिक्त रहेको लायन्स सेकेन्ड भाईस गभर्नर पदमा नियुक्त गर्न निर्वाचन प्रक्रिया थालिएको छ ।










प्रतिक्रिया