मकवानपुरको मनहरी गाउँपालिका ७ नयां वस्ती लच्का स्थित पुर्व पश्चिम सडकखण्डमा चितवन बाट मनहरी तर्फ आउदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटर लाई सोही दिशा तर्फ आउदै गरेको ग्यास बुलेटले ठक्कर दिई दुर्घटना हुँदा एक जना को निधन भएको छ भने दुई जनाको चितवनको एलाईभ अस्पतालमा उपचार भैरहेको मकवानपुर प्रहरीले बताएको छ ।
आज बिहान अन्दाजी नौ बजेको समयमा दुर्घटना भएको थियो दुर्घटना बाट सिन्धुपाल्चोक चौतारा नगरपालिका ५ बस्ने ३० बर्षका केदार श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घाइते हुनेमा केदार श्रेष्ठकि श्रीमती बर्ष २८ कि सरस्वति श्रेष्ठ उनको २ वर्षका छोरा प्रविन श्रेष्ठ रहेका छन । घाइते सरस्वति श्रेष्ठको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ भने प्रविन श्रेष्ठको अवस्था सामान्य रहेको पाइएको छ ।
गम्भीर घाइते भएकी सरस्वतिको शरीरको बिभिन्न भागमा चोट लागि अवस्था गम्भिर रहेको छ । ठक्कर दिने ग्यास बुलेट र ग्यास बुलेट चालक देश भारत बिहार बस्ने बर्ष ५५ को मोहमद मतिन इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारि पुस्कर बोगटीले बताउनु भएको छ ।










प्रतिक्रिया