जेन जी आन्दोलन पश्चात बनेको शुशिला कार्की सरकारले आज ४ जना मन्त्री नियुक्ति गरि सपथ खुवाउने तयारि गरेको अवस्थामा श्रम तथा रोजगार मन्त्रीको सपथ खाने तयारि गरेका दलित अभियान्ता खगेन्द्र सुनार विवादमा तानिएका छन ।
सराकराले आज ४ जना मन्त्री नियुक्त गरेको र दिउंस २ बजे राष्ट्रपति कार्यालयमा सपथ गराउने अन्तिम तयारि गरेको अवस्थामा श्रम तथा रोजगार मन्त्रीको रुपमा सपथ लिने तयारि गरेका खगेन्द्र सुनार स्वास्थ्य संस्था तोडफोड तथा चिकित्सक माथि हात-पात गरेको मुद्धामा सुर्खेत अदालतले पक्राउ पुर्जी जारि गरेको व्यक्ति रहेको खुलसा भएको छ ।

जिल्ला अदालत सुर्खेतले २०८१ असार २९ गते सुनार माथि पक्राउ पुर्जी जारि गरेको पाइएको हो । सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मा रहेको महेलकुना अस्पतालका कार्यालय प्रमुख डाक्टर सोजन सापकोटाले सुनार माथि गरेको जाहेरीको आधारमा जिल्ला अदालत सुर्खेतले सुनार माथि पक्राउ पुर्जी जारि गरेको थियो ।
जिल्ला अदालत सुर्खेतमा दायरा भएको मुद्धा नम्बर ०८०-C१-०५२२ अनुसार सुनारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई अनुमति दिएको थियो । पक्राउ पुर्जी जारि भएका सुनार आज कार्की सरकारमा श्रम तथा रोजगार मन्त्रीको रुपमा सपथ लिने तयारीमा रहेका छन ।










प्रतिक्रिया