मापसे गरि सवारी चलाउने २४ चालक र सवारी नियन्त्रणमा

मापसे

मापसे गरि सवारी चलाउने २४ चालक र सवारी नियन्त्रणमा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ कार्तिक २०८२, १२:०४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ कार्तिक २०८२, १२:०४

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सयुंक्त टोलिले कार्तिक ४ गते मंगलवार सवारी साधन छेक गर्ने क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने २४ ओटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको हो ।

प्रहरीले हेटौंडा बजारका विभिन्न भागमा चेकजाँच गर्दा चालकले मादक पदार्थ सेवन गरको भेटिएकोले १ वटा अटो र २३ बटा मोटरसाइकल नियन्त्रणमा लिइ आबश्यक कारवाहीको लागि प्रहरी नियन्त्रणमा राखेको बताएको हो ।

मकवानपुर प्रहरीले चाडपर्व लक्षित् गरि दुर्घटना न्यूनीकरण गर्न छेक जांच लाई निरन्तरता दिएको बताएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस