स्वास्थ्य मन्त्रालयका पुर्व अतिरिक्त सचिव मिश्र भ्रष्टाचारि ठहर

स्वास्थ्यमा भ्रष्टाचार

स्वास्थ्य मन्त्रालयका पुर्व अतिरिक्त सचिव मिश्र भ्रष्टाचारि ठहर

स्वास्थ्य मन्त्रालय बागमती प्रदेश सचिव गौतमको उजुरी छानबिनमा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ कार्तिक २०८२, ०३:१९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ कार्तिक २०८२, ०३:१९

स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचार जन्य घटनामा उजुर बाजुर गरेर सामाजिक क्षेत्रमा काम गर्दै आएको स्वास्थ्य ब्यबसायी संघले हालेको उजुरीको आधारमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार कार्यालयले डाक्टर मिश्र सहित १५ जना बिरुद्ध १४ करोड बढी रकम भ्रष्टाचार गरेको आरोप सहित मुद्धा दायरा गरेको हो ।

अख्तियारले आइतबार बिशेष अदालतमा उनीसहित १५ जनाविरूद्ध मुद्दा दर्ता गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । मिश्रको मिलिमत्तोमा भ्रष्टाचार भएको अख्तियारले पुस्टि गरेको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा मिलोमतोमा मेसिन खरीद गरेको उनीमाथि आरोप छ । अख्तियारले करीब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जनाएको छ । मिश्र लगायतको मिलेमत्तोमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्य ब्यबसायी संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा उजुरी हालेको थियो । सोहि उजुरीको आधारमा अख्तियारले मिश्र लगायतका १५ जनाले भ्रष्टाचार गरेको ठहर गर्दै बिशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अघिल्लो साता डा.मिश्र वर्तमान सरकारमा स्वास्थ्यमन्त्री बन्ने तयारीमा थिइन् । मिश्रलाई स्वास्थ्यमन्त्रीमा सपथ खुवाउने तयारीका साथ मिश्रलाई लिन गएको सरकारी गाडी स्वास्थ्य ब्यबसायी संघले मिश्रले आर्थिक अनियमितता गरेको भ्रष्टाचार गरेको र अख्तियारमा मुद्धा परेको सार्वजनिक गरेको थियो । उनीले सोही कारण पदबाट राजिनामा समेत दिएकी थिईन् । तर अख्तियारले उनी छानविनको क्रममा रहेको भन्दै पत्र पठाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउनबाट रोकेकी थिईन् ।

अख्यियारले आज विशेष अदालतमा डा मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, आपूर्ति शाखाका तत्कालीन प्रमुख डा सुरेन्द्र चौररिया, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लाल लगायतका १४ जना छन् । एमआरआई मेसिन खरिदमा मिलेमत्तो आरोपमा मिश्र माथि मुद्धा दायर भएको थियो ।

यता स्वास्थ्य ब्यबसायी संघका नबराज बस्नेतले सामाजिक संजाल मार्फत लेखेका छन ‘स्वास्थ्य क्षेत्रमा बार्षिक ४० अर्व भन्दा बढी रकम भ्रष्टाचार भैरहेको प्रमाण सहितको उजुरी स्वास्थ्य ब्यबसायी संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गर्दै आएको र आज अख्तियारले सत्य तथ्य छानबिन गरि ठुलो सफलता प्राप्त गरेको उल्लेख गरेका छन’ ।

स्वास्थ्य ब्यबसायी संघले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतम, स्वास्थ्य ब्यबस्थापन आपूर्ति केन्द्र हेटौंडाका निर्देशक अर्जुन सापकोटा समेतले पदीय दुरुपयोग गरि भ्रष्टाचार भैरहेको प्रमाण सहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको पाइएको छ ।

स्वास्थ्य सचिव सुमित्रा गौतम र आपूर्ति केन्द्रका निर्देशक अर्जुन सापकोटालाई कारवाहीको माग गर्दै स्वास्थ्य मन्त्रालय, सम्पति शुद्धीकरण आयोग र प्रधानमन्त्री कार्यालयमा डेलिगेशन जाने तयारि भएको स्वास्थ्य ब्यबसायी संघले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस