सशस्त्र प्रहरी बलका प्रहरी जवान अख्तियारको फन्दामा

घुस खाने प्रहरी कारवाहीमा

सशस्त्र प्रहरी बलका प्रहरी जवान अख्तियारको फन्दामा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ आश्विन २०८२, १२:०७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ आश्विन २०८२, १२:०७

पन्ध्र हजार रकम घुस सहित पक्राउ परेका सशस्त्र प्रहरी बल कोटहीमाईका प्रहरी जवान याम बहादुर खत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायरा गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका हुन् ।

अनुसन्धानको सिलसिलामा जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिका वडा नं। ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीसमेतको आपसी मिलोमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको खुलेको थियो ।

अख्तियार कार्यालयले बिशेष अदालतमा दायर गरेको निबेदन यस्तो रहेको छ ।

जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिका वडा नं। ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीले सिमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई सेवाग्राहीबाट रु।१५,०००।– ९पन्ध्र हजार रुपैयाँ० घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिका वडा नं। ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीसमेतको आपसी मिलोमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरी गराई रु।१५,०००र(९पन्ध्र हजार रुपैयाँ० प्रतिवादीहरु हरिचन्द्र ढकाल र याम बहादुर खत्रीको पूर्वयोजना बमोजिम उक्त घुसररिसवत रकम प्रतिवादी याम बहादुर खत्रीले लिएको स्थापित भएबाट निज प्रतिवादीहरु हरिचन्द्र ढकाल र याम बहादुर खत्रीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूरमा बिगो रु।१५,०००।( ९पन्ध्र हजार रुपैयाँ० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९क० बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस