आपूर्तिका विवादित निर्देशक सापकोटा ठेक्का खोलेर अमेरिका उडान

निर्देशक सापकोटाको कुरा

आपूर्तिका विवादित निर्देशक सापकोटा ठेक्का खोलेर अमेरिका उडान

स्वास्थ्य मन्त्रालय जिम्मेवार नबन्दा निर्देशकको मनोमानी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ आश्विन २०८२, १०:४९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ आश्विन २०८२, १०:४९

स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौडाका निर्देशक अर्जुन सापकोटाले आफु निकट ब्यबसायीलाई सहज हुने गरि कार्यसम्पादन गर्दा आपूर्ति केन्द्रको कार्यालयनै विवादित बनेको छ ।

स्वास्थ्यको क्षेत्रमा सम्पूर्ण स्वास्थ्य सामाग्री खरिद तथा भण्डारण गर्ने उक्त कार्यालयले सिमित सप्लायर्स लक्षित् गरेर कार्य गर्दा राज्यलाई अर्वौ रकम घाटा हुने गरेको र कार्यालयका निर्देशक मात्र नाफामा जाने गरेको गुनासो अन्य ब्यबसायीले गर्दै आएको बताइन्छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको बागमती प्रदेश स्वास्थ्य मन्त्रालय मातहतमा रहेको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौंडामा निर्देशक अर्जुन सापकोटाको हालीमुहाली रहेको आरोप लाग्दै आएको छ भने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले समेत सापकोटाको सप्लायर्स मोटाउने आफु धनि हुने धन्दामा समेत अनदेखा गरि रहेको पाइएको हो ।

स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रमा कहिले बसन्त अधिकारि त् कहिले अर्जुन सापकोटा हेरा फेरी निर्देशक हुने गरेको तथ्यले पनि अर्जुन सापकोटाको एक छत्र सिण्डिकेट रहेको औषधि सम्बन्धि काम गर्ने सप्लायर्सहरुले गुनासो गरेका हुन् ।

स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र स्वास्थ्य मन्त्रालय मातहत रहने कार्यालय हो । केन्द्रले गर्ने खरिद प्रक्रियामा मन्त्रालयको राय आवश्यक रहने गर्दछ । स्वास्थ्य व्यस्थापन केन्द्र हेटौडाले पटक पटक गरि अरवौ रकमको टेन्डर खोलेको छ उक्त टेन्डर खोल्ने प्रक्रिया र स्वास्थ्य सम्बन्धि सामाग्रीको दर रेट आज सम्म कुनै सार्वजनिक सुचना समेत ननिकाली मन्त्रालय र आपूर्ति केन्द्रले सिमित सप्लायर्स लक्षित् गरि टेन्डर निकाल्ने कार्य गरेको तथ्य बाहिरिएको छ । आपूर्ति केन्द्रका निर्देशक सापकोटाले पछिल्लो समय स्वास्थ्य मन्त्रालय बागमती प्रदेश संग कुनै सहकार्यनै नगरी औषधि जन्य सामाग्री खरिदको ठेक्कामा ठुलै मोलाहिजा गरेको तथ्य सार्वजनिक भएको छ ।

स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौडाले भाद्र २२ गते औषधिजन्य सामाग्री खरिद गर्न खोलेको ठेक्कानै विवादित बनेको छ । केन्द्रले खोलेको ठेक्का नम्बर HLMC/G/NCB/-09/2082-083 को ठेक्का विवादित बनेको हो । ठेक्का विवादित बने संगै आपूर्ति केन्द्रका निर्देशक अर्जुन सापकोटाको चलाखी समेत बाहिरिएको छ । कार्यालयका निर्देशक सापकोटाले दशैँ बिदाको मौका छोपेर भाद्र २२ गतेनै उक्त ठेक्का आव्ह्वान गरेका थिए । सिमित सप्लायर्सले मात्र बोलपत्र बिट गर्न सक्ने गरि सिमित सप्लायर्सको अफिसमा बसेर ठेक्का खोल्ने औषधि र उतपादन गर्ने कम्पनिको नाम लिस्ट तयार पार्ने समेतको काम गरेर सापकोटाले उक्त बोलपत्र आव्हान गरेको स्रोतको दाबि छ ।

आपूर्ति केन्द्रले भाद्र २२ गते खोलेको ठेक्का नम्बर HLMC/G/NCB/-09/2082-083 को ठेक्का बोलपत्र आव्हान गरे लगतै निर्देशक सापकोटा अमेरिका उडेका थिए । आपूर्ति केन्द्रमा सधै विवादित बनेका निर्देशक सापकोटाको सम्पति छानबिन हुनु पर्ने माग सहित सम्पति शुद्धीकरण आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको स्रोतको दाबि रहेको छ । एउटा कार्यालयका निर्देशकले काठमाडौंको रोज भिल्लामा करोडौंको आलिसान महल देखि भैसे पार्टीमा समेत अर्को घर खरिद गरेको पाइएको छ । निर्देशक सापकोटाले अमेरिकामा करोडौ खर्च गरेर छोरालाई डाक्टर पढाउने गरेको तथ्य बाहिरिएको हो । एक जना नेपाल सरकारको कर्मचारीले यति धेरै सम्पति कसरि आर्जन गर्न सक्छन त् भन्ने बिषय चासोको बिषय बनेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस