लामो समयको अन्तराल पश्चात हेटौंडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले कार्यपालिका बैठक आवह्वान गरेकी छिन ।
जेनजी आन्दोलनलाई भड्काउने अभिव्यक्ति दिएकी आरोप लागेकी मेयर लामाले भाद्र २३/२४ को आन्दोलन पश्चात उपमहानगरपालिका बाट गुमनाम जस्तै देखिएको उपमहानगरपालिकालाई नियमित संचालन गर्न कुनै जिम्मेवारी नदेखाएको र गुमनाम भएको भन्दै जनप्रतिनिधि हरुबाट आवाज उठ्न थाले पछी लामाले अन्तत पालिकाको बैठक आवह्वान गरेको स्रोतले बताएको हो ।
उपमहानगरपालिकामा विवादित बन्दै गएकी मेयर लामाले कार्यपालिकालाई गुमराहमा राखी नगरको काम कारवाहीलाई समेत असर पर्ने गरि हेटौंडा उपमहानगरपालिकालाई अनिर्णयको बन्धक जस्तै बनाएको जनप्रतिनिधिलेनै हुनासो गरेका हुन् ।
मेयर लामा गैह्र जिम्मेवार बन्दा हेटौंडा उपमहानगरपालिकाको काम कारवाहीनै प्रभावित बनेको, कार्यपालिकाको नगर सभामा भएको पारित बजेटलाई तोड मोड गरि आफ्नो मनमौजी तरिकालेर बजेट बनाएको जस्ता आरोप लागेकै कारण मेयर लामा नगरपालिका उपस्थित नभएको कार्यपालिका बैठक डाक्न नसकेको जस्तो दबाब उत्पन्न भए पछी दबाबका बीच आज दिनको २ बजे कार्यपालिका बैठक आव्ह्वान गरेको नगरपालिका स्रोतले बताएको हो ।
मेयर लामा नगरपालिका प्रति जिम्मेवार बन्न नसकेको भन्दै हिजो १६ जना वडा अध्यक्षले उपमेयर राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत भरत गौतमलाई दबाब दिंदै तत्काल कार्यपालिका बैठक बोलाउन दबाब दिएका थिए । स्रोतका अनुसार आज हुने कार्यपालिका बैठकमा मेयर लामालाई मार्ग प्रसस्त गर्न दबाब दिने तयारि रहेको बुझिएको छ । पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामा कार्यालयमा उपस्थित हुनु भन्दा पनि सामाजिक संजाल मार्फत माफीनामा पोस्ट गर्दैमा ब्यस्त देखिएकी छिन ।










प्रतिक्रिया