शुक्रवार सांझ ६ बजे गएको सुख्खा पहिरोको कारण मुग्लिन सडकखण्ड अबरुद्ध भएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ । उक्त मार्ग भएर गन्तव्यमा हिंडेका हजारौ सवारी साधन अलपत्रमा फसेका छन ।
आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ । प्रहरीले बिभिन्न स्थानमा सवारी साधन रोकेर बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरि रहेको छ ।
पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ आश्विन २०८२, ०९:४७ बजे










प्रतिक्रिया