नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक हितेंद्रदेब शाक्यले राजिनामा दिने बताएका हुन् । अन्तरिम सरकारमा शुशिला कार्की नेतृत्वको सरकारले नेपाल बिधुत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा जलस्रोत मन्त्री बनाउने तयारि भए पछी शाक्यले राजुनामा दिने भएका हुन् । घिसिङले अहिले मन्त्रीको सपथ लिने तयारि गरेका छन ।
के.पी ओली सरकारले घिसिङलाई बर्खास्त गरि शाक्यलाई प्राधिकरणको निर्देशक बनाएको थियो । शाक्यलाई प्राधिकरणको निर्देशक बनाए पछी देशभर कुलमानको पक्षमा समर्थन जनाउँदै आन्दोलन समेत भएको थियो ।
ओलीले विवादित व्यक्तिलाई निर्देशक बनाएको भन्दै नागरिकस्तर बाट बिरोध भएको थियो । आज घिसिङले सपथ लिए पश्चात शाक्यले प्राधिकरणको निर्देशक बाट राजिनामा दिने भएका हुन् ।
प्रकाशित मिति: ३० भाद्र २०८२, १२:११ बजे










प्रतिक्रिया