शुसिला कार्कीको मन्त्री परिषदमा अर्याल र गुरुङ

मन्त्री सपथ

शुसिला कार्कीको मन्त्री परिषदमा अर्याल र गुरुङ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ भाद्र २०८२, ०९:१५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ भाद्र २०८२, ०९:१५

जेनेरेशन जेड समुहले भाद्र २३ गतेबाट सुरु गरेको आन्दोलनले अन्तत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरे संगै उनको मन्त्री मण्डलमा अहिलेनै दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारि भएको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई सपथ गराए संगै सरकार प्रमुख कार्कीले दुई मन्त्रीको सपथ अहिलेनै गराउने तयारि भएको बुझिएको हो ।

कार्कीले बिस्तार गर्ने मन्त्री मण्डलमा काठमाण्डौ उपमहानगरपालिकाका मेयर बालेन शाहका पुर्व कानुनि सल्लाहकार ओम प्रकाश अर्याल र जेनजी  समूहका सुदन गुरुङलाई मन्त्री नियुक्त गरेर आजै सपथ गराउने तयारि भएको छ ।  मन्त्रीहरुको सपथ पश्चात मन्त्री परिषदको बैठक बसेर संसद विघटन गर्ने तयारि भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस