जेनेरेशन जेड समुहले भाद्र २३ गतेबाट सुरु गरेको आन्दोलनले अन्तत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति गरेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् ।
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए ।
कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिएन । पोखरेलले भने, ‘यसबारे कार्कीको नियुक्तिसँगै सहमतिको औपचारिक जानकारी आउनेछ ।’ स्रोतका अनुसार आजै संसद विघठन हुने बताइएको छ । कार्कीले आजै केहि मन्त्रीहरु नियुक्ति गर्ने खाका तयार पारेको बताइएको छ । मन्त्रीहरुको नाम भने सार्वजनिक भएको छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन अघि सारेका थिए ।










प्रतिक्रिया