नेपाली कांग्रेस मकवानपुरका सचिव समेत रहेका तरुण दल मकवानपुरका संयोजक ईश्वर पाठकले संबिधान रक्षाको लागि तयार हुन् सबै तरुण साथीहरुलाई अनुरोध गरेका हुन् ।
तरुण दल मकवानपुर संयोजक पाठकले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन् उनले अरवौ खर्च गरि ८ बर्ष लगाएर बनाएको संबिधान रक्षाको निम्ति सम्पूर्ण जनता पार्टी तरुण दलका साथीहरु तयारि अवस्थामा रहन अनुरोध गर्दछु” ।
तरुण दल मकवानपुर संयोजक पाठकले जेनजी समुहले नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा लगाएको आगो र त्यस पछिको अवस्थालाई नियाल्दै तरुण साथीहरुलाई एक जुट हुन् र तयारि अवस्थामा रहन अनुरोध गरेको बताइन्छ ।
नेपाली कांग्रेस जिल्ला सचिव समेत रहेका पाठकको नेतृत्वमा आज नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सरसफाई तथा बस्तुगत अवस्था बुझेको थियो ।
प्रकाशित मिति: २६ भाद्र २०८२, ०२:४० बजे










प्रतिक्रिया