खैरोहिरोइन सहित हेटौंडाबाट विकाश संगै अब्दुल पक्राउ

पक्राउ

खैरोहिरोइन सहित हेटौंडाबाट विकाश संगै अब्दुल पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ भाद्र २०८२, ०६:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ भाद्र २०८२, ०६:२३

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले लागूऔषध खैरोहिरोइन ३ ग्राम ७०० मिलि ग्राम सहित २ जना पक्राउ गरेको हो ।

प्रहरीले भाद्र १७ गते मंगलवार राति ८ बजेको समयमा हेटौंडा उपमहानगरपालिका १० स्थित न्युरेनीमा बिकाश तामाङको घर कोठा बाट बर्ष ३६ का विकाश तामाङ र अब्दुल मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक स्यामु अर्यालले जानकारी दिनु भएको हो ।

लागूऔषध खैरोहिरोइन ३ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ परेका विकाश तामाङ र अब्दुल मन्सुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएको प्रहरीले बताएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस