राप्तिखोलामा ९ बर्षीय बालिका मृत अबस्थामा फेला

खोलामा डुबेर निधन

राप्तिखोलामा ९ बर्षीय बालिका मृत अबस्थामा फेला

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ भाद्र २०८२, ११:१६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ भाद्र २०८२, ११:१६

हेटौंडा उपमहानगरपालिका १९ स्थित राप्ति खोला किनारमा एक बालिका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।

भाद्र १७ गते मंगलबार अन्दाजी दिउँसो ४ बजेको समयमा हेटौंडा उपमहानगरपालिका १९ पुल्चोक टोल बस्ने कुमार थिङको छोरी बर्ष ९ कि प्रभा थिङ आफ्नै घर बाट आफूखुशी बेपत्ता भएको खवर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय नेवारपानी सहित आफन्तको टोलिले खोजि गर्ने क्रममा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको हो ।

भाद्र १७ गते बेपत्ता भएकी ९ बर्षीय बालिका भाद्र १८ गते बिहान ८ बजेको समयमा घर बाट ७ सय मिटरको दुरीमा राप्ति खोला किनारमा मृत अवस्थामा भेटिएको हो ।

राप्तिखोलाको पानीमा मृत अवस्थामा फेला परेकी प्रभा थिङको शब आवश्यक कानुनि प्रकृया पुरा गरि पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस