जिप दुर्घटना ४ को निधन ६ घाइते

दुर्घटना

जिप दुर्घटना ४ को निधन ६ घाइते

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१२ भाद्र २०८२, ०१:४० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१२ भाद्र २०८२, ०१:४०

डडेल्धुरामा जिप  दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका हुन् । प्रहरी सरिताका अनुसार मृत्यु हुनेहरु नवदुर्गा गाउँपालिका–५ का ४ जना रहेको बुझिएको छ । घाइते भएका ६ जना समेत उक्त पालिकाकै ५ नम्बर निवासी रहेको पाइएको हो ।

मृत्यु हुनेमा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउद रहेका छन्। चालक ३५ वर्षीय रामबहादुर साउदले चलाएको से १ ज ७३८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको जिप भित्री सडक खण्डको चौडमा दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

यसैगरी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक रहेका छन्। दुर्घटना स्थलमा प्रहरी पुगेको र दुर्घटना हुनुको कारण खुल्न नसकेको प्रहरी स्रोतले बताएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस