मकवानपुरगढ़िमा मोटरसाइकलको ठक्करबाट गोलेको निधन

दुर्घटना

मकवानपुरगढ़िमा मोटरसाइकलको ठक्करबाट गोलेको निधन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
११ भाद्र २०८२, ११:०३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
११ भाद्र २०८२, ११:०३

मकवानपुरगढी गाउँपालिका ५ सिमलटार स्थित बासुदेब मार्गमा मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्रुको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।

मकवानपुरगढी गाउँपालिकाको ज्यामिरे खोलाबाट हेटौंडा तर्फ आउदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलले मकवानपुरगढी गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष ७३ को सुकुमाया गोलेलाई बाटो क्रस गर्दा ठक्कर दिएको र घाइते गोलेको उपचारको लागि पुरानो मेडिकल अस्पताल भरतपुर लागेको भए पनि उपचार हुने अवस्था नभए पछी मकवानपुर सहकारी अस्पताल ल्याएको र मकवानपुर सहकारी अस्पतालमा गोलेको मृत्यु भएको हो ।

मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका ६ बस्ने बर्ष २० को समिर घलानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनु भएको छ । मृतक गोलेको सब हेटौडा अस्पतालमा रहेको अर्यालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस