जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषध ३ ग्राम १५० मिलिग्राम .खैरोहेरोईन जस्तो देखिने पदार्थ र नाम नखुलेको लागू औषध .जस्तो देखिने सेतो पदार्थ सहित २ महिला पक्राउ गरेको हो ।
भाद्र ७ गते शनिबार बेलुका ८ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताउनु भएको हो ।
पथलैयाबाट हेटौडातर्फ आउदै गरेको प्रदेश .३-०३-००१ ह १०३ नं.को अटोमा सवार भई आएका जिल्ला बारा जितपुर सिमारा उप महानगरपालिका वडा नं.२२ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १० बसपार्कमा बस्ने वर्ष २९ की सम्झना थिङ र जिल्ला सिन्धुली दुधौली न.पा.९ घर भई हेेटौंडा १० बस्ने वर्ष २३ की सोनिका क्षेत्रीलाई पक्राउ गरेको हो ।
खैरोहेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १५० मिलीग्राम र मोबाईल चार्जर भित्र हाल नाम नखुलेको लागु औषध जस्तो देखिने सेतो गिलो पदार्थ २२ ग्राम २० मिलीग्राम सहित पक्राउ गरेको अर्यालले बताए ।
पक्राउ परेका मोनिका र सम्झनालाई थप अनुसन्धानको लागि जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमती लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।










प्रतिक्रिया