बहादुर सिंग लामालाई अपदस्त गरेर बनेको बागमतिमा बानियाँ सरकार विवादित बनेको छ । साउन ९ गते नेपालि कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बिरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने देखि बागमती सरकारले पूर्णता पाउने समय सम्म आइपुग्दा बागमतीका नवनियुक्त मुख्यमन्त्री आफ्नै शैलीका कारण विवादित बन्दै आएका हुन् ।
सार्वजनिक फोरममा राजनीतिमा इमान्दारिता नैतिकताको पाठ वकालत गर्ने बानियाँले आफैले इमान्दारिता पुरा नगरेको नैतिकता माथिनै प्रश्न खडा गरेको भन्दै प्रदेश सभा सदस्यले उनको राजनीतिक इमान्दारिता नभएको भन्दै पार्टी नेतृत्व सित गुनासो गरेका हुन् ।
बहादुर सिङ्ग लामा सरकारलाई अपदस्त गर्न पहिलो पंक्तिमा देखिएकी नेपालि कांग्रेस बागमती प्रदेश सभा सदस्य सुना परियार यति बेला नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ सरकारको उपेक्षामा पर्ने मध्यकी एक हुन् । लामालाई अविश्वास प्रस्ताव पेस गर्ने समय देखि बानियाँ समुहमा अग्रपंक्तिमा देखिएकी परियारलाई बानियाँले मन्त्री मण्डल बनाउद भने उनि त्यस समुहमा अटाउन सकिनन् । दलित जनजाति र समाबेशिताको नाम भजाउने बानियाँले आफ्नै प्रदेश सभा सदस्य माथि अन्याय गरेको र समाबेशिताको नाममा दलित समुदाय माथि उपेक्षा गरेको भन्दै बानियाँको बिरोध गरेका छन ।
पहिलेदेखि नै समावेशी सरकार र दलित समुदायको प्रतिनिधित्वको पक्षमा आवाज उठाउँदै आएका बानियाँ अहिले आफ्नै नेतृत्वमा सरकार गठनको जिम्मेवारी पाउँदा, जुझारु र युवा नेतृ सुना परियारलाई मन्त्री पदमा ल्याउने विषयमा सकारात्मक देखिएनन् ।बानियाँको यस कदमले प्रदेशमा समावेशी मूल्य र समानुपातिक प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ।
बानियाँ मन्त्री मण्डलामा पहिलो नम्बरमा चर्चामा रहेकी परियारलाई बानियाँलेनै मन्त्री बनाउन नचाहेको स्रोतको दावी रहेको छ । परियारले केन्द्रीय तहका नेता समेतलाई आफु मन्त्री हुनु पर्ने माग राखे पछी केन्द्रीय नेता समेतले तयार हुनुस भनेको अवस्थामा बानियाँले अन्तिम समयमा परियारको नाम हटाएको बानियाँ निकट एक संसदले बताए । बानियाँ जी ले अविश्वासको प्रस्ताव पेस गर्नु अगाडी सबै मानानियालाई एक्ला एक्लै भेटि मन्त्री बनाउने आस्वासन दिनु भएको थियो अहिले धेरै साथीहरुले चित्त दुखाए एक सांसदले गुनासो गरे । उनि थप्छन बानियाँजी राजनीतिमा इमान्दारिताको कुरा गर्नु हुन्छ बिस्वसनियताको कुरा गर्नु हुन्छ तर उनैले न इमान्दारिता देखाए न बिस्वास दिलाउन सके न समाबेसितानै गर्न सके । संघिय राजधानी बाट प्रतिनिधित्व गर्ने एक जना मान्यलाई समेत मन्त्री बनाउन सकेनन यो कस्तो समाबेसिता उनले प्रश्न गरे । बानियाँले संघिय राजधानी काठमाडौंलाई शुन्य बनाएको भन्दै गुनासो गरेका हुन् ।
समान हक र अधिकार पाउनु पर्ने बागमती प्रदेश सरकारमा दलित समुदायबाट पनि प्रतिनिधित्व हुनु पर्ने माग सहित दलित संघले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा सम्मलाई ध्यानाकर्षण गराएको थियो । देउवाले समेत ग्रीन सिङ्गल दिएको अवस्थामा समेत प्रकाशशरण महत र इन्द्र बहादुर बानियाँले सुना परियारलाई मन्त्री बनाउन नचाहेको बानियाँ समुहका एक सांसदले बताए । ति सांसदका अनुसार बेल्जिएमा भ्रमण रहेका महतले माया श्रेष्ठ गीता गुरुङ्ग र सुना परियारको नामनै तोकेर मन्त्री नबनाउन निर्देशन दिएको बुझिएको छ । नेपालि कांग्रेसबाट बागमती प्रदेश सभामा ३७ सांसदले प्रतिनिधित्व गरेका छन भने २७ सांसद मध्ये दलित समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र सांसद हुन् सुना परियार । २०७९ पौष १३ गते भएको नेपालि कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा परियारले बहादुर सिङ्ग लामालाई समर्थन गरेको कारण अहिले बानियाँले परियारलाई मन्त्री बनाउन नचाहेको आरोप बानियाँलाई लाग्दै आएको छ ।










प्रतिक्रिया