लागूऔषध गाँजा ७ किलो ४५० ग्राम सहित रोहित पक्राउ

पक्राउ

लागूऔषध गाँजा ७ किलो ४५० ग्राम सहित रोहित पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ श्रावण २०८२, ०६:०६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ श्रावण २०८२, ०६:०६

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीको टोलीले राजमार्गमा चेकजांच गर्ने क्रममा लागूऔषध गाँजा ७ किलो ४५० ग्राम सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारि श्यामु अर्यालले जानकारी दिनु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो दिउँस अन्दाजी ३ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा ७ किलो ४५० ग्राम सहित एक व्यक्ति पक्राउ गरेको जनाएको छ  । नारायणगढबाट विरगंजतर्फ जादैं गरेको ना ७ ख ६९१ नम्बरको यात्रु बाहक बसमा सवार भई आएका जिल्ला  चितवन राप्ती नगरपालिका वडा नम्बर १२ तिरुवा बस्ने वर्ष २७ को रोहित चेपाङलाई ७ किलो ४५० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको थियो । पक्राउ परेका चेपाङलाई जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको सुचना अधिकारि अर्यालले बताए  । पछिल्लो समय लागूऔषध गाँजा ओसारपसार कार्यमा चेपाङ समुदाय पक्राउको घटनामा वृद्धि आएको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस