एमालेलाई गालि बर्साएका महर्जनले आफ्नै पार्टीका सांसदको उछितो काटे

नेताका कुरा

एमालेलाई गालि बर्साएका महर्जनले आफ्नै पार्टीका सांसदको उछितो काटे

महर्जनको अभिव्यक्तिले नेतृत्वलाई चुनौती

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ श्रावण २०८२, ०४:३५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ श्रावण २०८२, ०४:३५

नेपाली कांग्रेसको बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलको सदस्य सचिव समेत रहेका मिन कृष्ण महर्जनले संसदीय दलको बिधानलाई समेत धज्जी उडाउदै विवादास्पद अभिव्यक्ति दिने गरेको भन्दै उनको बिरोध हुने गरेको छ ।

कांग्रेस बागमती प्रदेशमा प्रतिनीधित्व गरेका ३७ सांसदनै संसदीय दलको सदस्य रहेने र संसदीय दलको नेताको निर्देशन अनुसारनै संसदीय दल चल्ने परिकल्पना गरिएको भए पनि महर्जनले सामाजिक संजाल मार्फत पार्टीको आन्तरिक बिषय समेतलाई व्यक्तिगत इगोको रुपमा सार्वजनिक गरे पछी चौतर्फी उनको बिरोध भएको एक प्रदेश सभा सदस्यले बताए ।

सत्ता साझेदार दल नेकपा एमालेका बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद सिलवाल, प्रकाश श्रेष्ठ, स्वास्थ्य मन्त्री किरण थापा समेतलाई सामाजिक संजाल मार्फत तल्लो स्तरमा झरेर गालि गलौज गरेका महर्जनले इन्द्र बहादुर बानियाँ संसदीयदलको नेता र मुख्यमन्त्री भए पछी आफ्नै पार्टीका सांसदलाई समेत तल्लो स्तरको गालि गलौज गर्न भ्याएको भन्दै उनलाई पार्टीले अनुशासनको कारवाही गर्नु पर्ने दवाब बढाएको बुझिएको छ ।

महर्जनले सामाजिक संजाल मार्फत आफ्नै पार्टीका प्रदेश सभा सदस्य माथि बिष बमन गरेको भन्दै रुस्ट सांसदले पार्टी नेतृत्वलाई जानकारी गराउने बताएका छन । संसदीय दलको सदस्य सचिव बन्नु भएको छ आफ्नै पार्टीका सदस्य माथि संगिन आरोप लगाउदै हिड्नु हुन्छ , पार्टीको आन्तरीक बिषय पार्टी भित्र छलफल गर्नेकी बाहिर भजन गाउदै हिड्ने एक प्रदेश सभा सदस्यले गुनासो गरे ।

बागमती प्रदेश सभामा नेपालि कांग्रेस संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ चयन भए पछी दलको विधानको दफा १० को उप-दफा ८ बमोजिम महर्जनलाई संसदीय दलको सदस्य सचीव नियुक्त गरेको थियो । कांग्रेस प्रदेश सभा संसदीय दलको बिधानको दफा १३ मा सदस्य सचिवको काम कर्तब्य र जिम्मेवारी उल्लेख गरेको छ । बिधान अनुसार दलको सदस्य सचिवले दलको नेताको निर्देशन अनुसार काम गर्ने उल्लेख गरेको छ भने उक्त विधानको दफा १३ को उपदफा १० मा दलको नेताको निर्देशनमा सदस्य सचिवले सार्वजनिक गर्ने उल्लेख गरेको छ । महर्जनले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका आफ्नै पार्टीका प्रदेश सभा सदस्य माथिको छेडखानी दलको नेता समेत रहेका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको निर्देशन अनुसार गरेका हुन् कि व्यक्तिगत हो भन्ने बिषय चासोको बिषय बनेको छ ।

कांग्रेस बागमती प्रदेशको राजनीतिमा देखिंदै आएको किचलो र आगामी रणनीतिको बिषयमा बहस सुरु भएको छ । हिजो बहादुर सिङ लामा संसदीय दलको नेता हुंदा बानियाँकै जोडबलमा युवा तथा खेलकुद मन्त्री बनेका महर्जनले आज किन आफ्नै पार्टीका प्रदेश सभा सदस्य माथि तल्लो स्तरको अभिव्यक्ति दिए भन्ने कुरा पार्टी अनुशासन समितिले बिचार गर्नु पर्ने माग गरेको प्रदेश सभा सदस्यले बताए ।

पार्टी केन्द्रीय नेतृत्वको निर्देशन अनुसार बागमतीको सत्ता समीकरण चली रहेको अवस्थामा कहिले नेकपा एमाले लक्षित गालि गलौज कहिले आफ्नै पार्टीका नेतामाथिको छेडखानीले महर्जनलाई विवादित बनाएको छ भने उनि संसदीय दलको सदस्य सचिव रहेको कारण यसको जिम्मेवारी संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले लिनु पर्ने आवाज उठेको छ । पार्टी केन्द्रीय सभापति शेर बहादुर देउवा उपसभापति पूर्ण बहादुर खड्का महामन्त्री गगन कुमार थापा बिश्वप्रकाश शर्मा समेतको सहमति बाट बागमतिमा मन्त्री परिषद बिस्तार हुने तयारि भएको बेला बागमती प्रदेशको नेपाली कांग्रेस संसदीय दलको सदस्य – सचिव मिन कृष्ण महर्जनको सार्वजनिक अभिव्यक्तिले पार्टी नेतृत्वलाईनै चुनौती दिएको छ ।

सामाजिक संजाल मार्फत महर्जनले लेखेका अभिव्यक्ति जस्ताको तस्तै…………..

‘बहुमत सांसद सहितको अविश्वास प्रस्ताव दर्ता भई संसदीय दलको मतदानको प्रक्रिया अगाडि बढिसकेपछि विवाद निम्त्याउनको निम्ति तीन जना मन्त्री नियुक्त हामी जो संसदीय दलका नेता वर्तमान मुख्यमन्त्री माननीयलाई मतदान गर्ने २२ जना सांसदहरुलाई मान्य हुने छैन अनि जो संसदीय दलको नेता बनाउन अहम भूमिका खेल्ने २२ जना सांसदहरुलाई मान्ने हुने छैन अनि जो संसदीय दलको नेता बनाउन अहम भूमिका खेल्ने एक २२ जना सांसदलाई अन्याय हुँदैन। ३१ महिना अगाडि वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाले १६ मत ल्याएर ३ मतले पराजित हुनुभयो। त्यतिबेला इन्द्रबहादुर बानियाले भागबण्डा खोज्नुभएन बहादुर सिंह लामाको पूरा कार्यकाल सहयोग गर्नुभयो। एक वर्ष अगाडि आधाआधा मुख्यमन्त्री हुने लिखित सहमति पालना नभएपछि बाध्य भएर शीर्ष नेताहरू र माननीयहरूको सल्लाह अनुसार इन्द्रबहादुर बानियाले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। र हामी पाँचजना मन्त्रीले शीर्ष नेताहरूको सल्लाह अनुसार राजीनामा दिएर इन्द्रबहादुर बानियालाई समर्थन गरेको हो सत्य कुरा के हो भने यदि इन्द्रबहादुर बानियाले प्रतिपक्षी दलसँग सहकार्य गरेर अहम भूमिका नखेलेको भए बजेट पास हुने स्थिति बन्ने थिएन। त्यो साहस क्षमता इन्द्रबहादुर बानियाँसँग थियो र बजेट पास भयो। त्यतिखेरका मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री हरेश खाइसकेको थियो सत्य कुरा यही हो किनकि प्रत्यक्षदर्शी म थिएँ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस