यसै साता बागमती प्रदेशका मुख्यमन्त्री नियुक्ति भएका इन्द्र बहादुर बानियाँको एकल निर्णयकै कारण बागमती प्रदेश सरकार ढल्ने संकेत देखिएको छ ।
मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेसका ३७ प्रदेश सभा सदस्य भित्र पनि कसैलाई च्याप्ने र कसैलाई फ्याँक्ने काम गरेको भन्दै बानियाँ माथि प्रदेश सभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
बानियाँ नेपाली कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका कारण सबैलाई मिलाएर लैजानु पर्ने अवस्थामा आफ्नै पार्टीको सरकार अपदस्त गरि आफै सरकारको नेतृत्व गर्न गए पछी पार्टी र प्रदेश सभामा बानियाँको पार्टी प्रतिको बदमासी छर्लङ्गै भएको नेता कार्यकर्ताको बुझाई रहेको छ ।
बानियाँले आफु मुख्यमन्त्री भए पछी नेपालि कांग्रेस संसदीयदलमा समेत एकल निर्णय गर्न सुरु गरे पछी उनि थप विवादित बनेका हुन् बानियाँले हतार हतार काठमाडौंमै संसदीयदलको बैठकको कर्मकाण्डी गरेर प्रदेश सभामा धमाधम नियुक्ति र चयन प्रक्रिया बढाएको भन्दै कांग्रेसका उच्चतहका नेताले समेत उक्त निर्णय प्रति असन्तुष्टि ब्यक्त गरेका छन ।
मुख्यमन्त्री बानियाँले छलफलनै नगरी मिनकृष्ण महर्जनलाई संसदीयदलको सचिव चयन गरेको उता बागमती प्रदेश सभा नेपाली कांग्रेसका प्रमुख सचेतक गोबिन्द लम्साललाई कुनै जानाकारिनै नगराई कन्चनचन्द्र वादेलाई प्रमुख सचेतक बनाएको भन्दै बानियाँको कार्यसैली प्रति प्रदेश सभा सदस्यबाट बिरोध भएको हो ।
राजनीतिमा इमान्दारिताको पाठ पढाउँन पछी नपर्ने बानियाँले कुन राजनीतिक इमान्दारिता प्रयोग गरेर आफ्नै सरकार ढाल्न अविश्वास प्रस्ताव पेस गरे, संसदीयदलको निर्वाचनमा आफुलाई मतदान गर्ने २१ जना प्रदेशसभा सदस्यलाई काखी च्यापेर १४ प्रदेश सभा सदस्यलाई फ्याँक्ने कुन राजनीतिक इमान्दारिता हो बानियाँको एक प्रदेश सभा सदस्यले गुनासो गरे ।
बानियाँ मुख्यमन्त्री भए पश्चात आफु बिरुद्धका प्रदेशसभा सदस्य माथि सौतेनी व्यवहार गरेका बानियाँ एक साता नबित्दै आफु बिरुद्धका सांसदलाई फकाउन लागि परेका छन। साउन २७ गते बिश्वासको मत लिने तयारि गरेका बानियाँलाई बहादुर सिङ्ग लामा समुहका १४ सांसदले बिश्वासको मत नदिने सार्वजनिक रुपमै अभिव्यक्ति दिए पछी बानियाँ फोटो टाँस्न मात्र मुख्यमन्त्री हुने त् होइनन भन्ने बिषयलाई चासोको रुपमा हेरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरवहादुर देउवा सम्मलाई घुमाउने रणनीतिमा देखिएका बानियाँ साउन २७ मा १४ सांसदले बिश्वासको मत नदिने निर्णय गरे भने आफै सिताङ हुने छन ।
पार्टी र संसदियदलमा आफ्नो एकाधिकार जमाउन बानियाँले काठमाडौंमा उपलब्ध केहि प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको सरकारी निवास भैसेपाटिमा डाकेर संसदीयदलको सचिव नियुक्त गरे प्रमुख सचेतक नियुक्त गरे प्रवक्ता नियुक्त गरे त्यस पछी सुरु भयो बानियाँको २१ च्याप्ने १४ फ्याँक्ने रणनीति । पार्टी नेतृत्व, नेपाली कांग्रेस बागमती प्रदेश संसदीयदलको कार्यालय प्रमुख सचेतक बागमती प्रदेश सभाका सभामुख उप-सभामुख समेतलाई पूर्ववत जानकारी गराएर साउन २३ मा अमेरिका गएका प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारलाई २४ गते नै प्रमुख सचेतकको जिम्मेवारी पाएका कन्चनचन्द्र वादेले २४ गतेनै ह्विप जारि गरेको पत्र तयार गरि २५ गते चित्रकारलाई ह्वाटसप ग्रुपमा पत्र पठाएको र २७ गते उपस्थित हुन् निर्देशन जारि गर्नुले पनि बानियाँ २१ जना च्याप्ने र १४ जनालाई फ्याँक्ने रणनीतिमा रहेको प्रस्ट हुने चित्रकारले बताए ।
नेपालि कांग्रेसको ससदियदलको बिधान को धार १८ को उपधार ४ मा नेताद्वारा मनोनित कुनै पधाधिकारीलाई हटाउनको लागि संसदीय दलको सम्पूर्ण सदस्य संख्याको पच्चीस प्रतिशतले नेता समक्ष लिखित निबेदन गरेमा संसदीय दलको सम्पूर्ण सदस्य संख्याको सामान्य बहुमतले पारित गरेमा हटाउन सकिने व्यवस्था गरेको भए पनि कुनै प्रक्रिया नगरी बानियाँले मुख्य सचेतक , संसदीय दलको सदस्य सचिव र प्रवक्ता नियुक्त गर्नुले पनि बानियाँले संसदीय दलको बिधि र बिधान बिपरित काम गरेको प्रदेश सभा सदस्यले आरोप लगाएका छन । आफु माथि अविश्वासको प्रस्ताव पेस गरेका बानियाँलाई लामा समुहका प्रदेश सभा सदस्यले कुन नैतिकतामा टेकेर बानियाँलाई विश्वासको मत देलान त ?










प्रतिक्रिया