आफ्नै जिल्लामा ठेक्का बेवरिसे छोडेर मुख्यमन्त्री बन्ने लाइनमा बानियाँ

ठेक्का अलपत्र मुख्यमन्त्री बन्ने लाईन

आफ्नै जिल्लामा ठेक्का बेवरिसे छोडेर मुख्यमन्त्री बन्ने लाइनमा बानियाँ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ श्रावण २०८२, ०८:२९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ श्रावण २०८२, ०८:२९

हेटौडा उपमहानगरपालिका ४ मा रहेको बासुदेब सभागृह भत्काएर सुबिधा सम्पन्न बासुदेब स्मृति ब्यबसायिक भवन निर्माण गर्ने हेटौडा उपमहानगरपालिकाको योजना बेवारिसे बनेको हो ।  हेटौडा उपमहनागरपालिकाले नगरपालिकाकै गौरवको योजनाको रुपमा लिएको यस भवन निर्माणलाई बागमती प्रदेशको मुख्यमन्त्री हुने लाईनमा देखिएका इन्द्र बहादुर बानियाँको बानियाँ निर्माण सेवाको लापरबाहीको कारण अलपत्र परेको हो ।

बानियाँ निर्माण सेवा निर्माणले मोबिलाइजेशन रकम लिए पछि निर्माणको काम बन्द गरेको थियो । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापती समेत रहेका बानियाँले जनताको कर बाट बन्न लागेको उक्त भवन बेबरिसे छोडेको स्थानियले गुनासो गरेका छ्न ।बासुदेब सभागृह भत्काएर सुबिधा सम्पन्न व्याबसायिका भवन बनाउन हेटौडा उपमहानगरपालिकाले टेन्डर आयोजना गरेको थियो उक्त टेन्डर वानियाँ/लामा/रसुवा जेभीले ४७ करोड त्रियानब्बे लाख बहत्तर हजार सडतिस रूपयाँमा टेन्डर परेको थियो । बानियाँ निर्माण सेवा नामको कम्पनि नेपालि कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँ समेतको रहेको छ । कामनै नगरी बानियाँ निर्माण सेवाले हेटौंडा उपमहानगरपालिका बाट करोडौं रकम असुली गरेको छ । कामनै नगरी करोडौ असुलि गरेका बानियाँ यति बेला आफ्नै पार्टिबाट बनेको सरकारमाथी अविस्वासको प्रस्ताव पेस गरि मुख्यमन्त्री हुने लाईनमा लागेका छ्न ।

सुरुवाती क्रममा बासुदेब सभागृह भत्काएर तिब्र गतिमा निर्माण कार्य गर्ने तयारि गरेको निर्माण कम्पनीले हेटौडा उपमहानगरपालिका बाट मोबिलाइजेशन पेश्की बापत २ करोड दश लाख रकम निर्माण कम्पनिले लिए पछी उक्त भवन निर्माणको कार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले २०७८ मसिर २० गते सुबिधा सम्पन्न ब्यबसायिक भवन बनाउने सम्झौता गरेको थियो भने २०८१ मङ्सिर २१ गते भवन सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख गरेको थियो ।

भवन सम्पन्न गर्ने मिती  सकिएको छ । भवन सम्पन्न गर्ने मिति सकिएको भए पनि निर्माण कम्पनीले कुनै पनि काम सुरुवातनै गरेको छैन मोबिलाइजेशन रकम निकासा भए पछी निर्माण कम्पनीले कामनै बन्द गरेको छ । राज्यको ढुकुटी बाट कामै नगरी २ करोड दश लाख भुक्तानी हुदाँ समेत हेटौडा उपमहानगरपालिका बाट आवश्यक कारवाही हुन् सकेको छैन । निर्माण कम्पनीले उक्त ब्यबसायिक भवन नबनाउने मोबिलाइजेशनको रुपमा लिएको २ करोड दश लाख फिर्ता नगर्ने र निर्माण कम्पनीले निर्माण पुर्व राखेको आफ्नो धरौटी रकम समेत फिर्ता पाउनु पर्ने माग सहितको पत्र हेटौडा उपमहानगरपालिकामा पेश गरेको नगरपालिका श्रोतले बताउदै आएको छ । काम पनि नगर्ने अनि धरौटी रकम पनि फिर्ता माग्ने निर्माण कम्पनिलाई उपमहानगरपालिकाको केहि जनप्रतिनिधिको समेत साथ रहेको श्रोतको दाबि छ । राज्यको ढुकुटी माथी चरम दोहन गर्नेलाईनै राज्यले मुख्यमन्त्री बनाउन खोजेको भन्दै सर्वत्र बिरोध भएको छ ।

मुख्यमन्त्री हुने लाइनमा देखिएका ईन्द्र बहादुर बानियाँको बानियाँ निर्माण सेवालाई कालोसूचीमा राखेर प्रक्रिया अगाडी बढाउनु पर्ने स्थानिय जनप्रतिनिधिले माग राखेका छ्न ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस