बानियाँको दवाबका बीच प्रदेश प्रमुखले छोडे हेटौंडा

बानियाँको दवाबका बीच प्रदेश प्रमुखले छोडे हेटौंडा

मन्त्रीहरुको सपथ कार्यक्रम अनिश्चित

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ श्रावण २०८२, १०:५३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ श्रावण २०८२, १०:५३

बागमती प्रदेशका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आफ्नै निर्णयलाई लत्याउदै हेटौंडा छोडेका हुन् । बागमती प्रदेश सरकार संचालनमा विवाद उत्पन्न भए पछीको समीकरण मिलाउन कठिन देखिए पछी देवकोटा स्वास्थ्यको कारण देखाएर एका-एक काठमाडौं हानिएका छन ।

बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रमलाई उल्झन बनाउन देवकोटा स्वास्थ्यको कारण देखाएर प्रदेश प्रमुखको कार्यालय बाट बेपत्ता भएको स्रोतले बताएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बागमती प्रदेशले हिजो साउन १४ गते बिहान तिन मन्त्री नियुक्त गरेको र त्यस लगत्तै बिहान १० बजे मन्त्रीहरुको सपथ कार्यक्रम तय भएको अवस्थामा नेपाली कांग्रेस संसदीयदलको निर्वाचन भएका कारण स्थगित भएको सपथ कार्यक्रम पुन बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले अर्को सुचना जारि गरि नव-नियुक्त मन्त्रीको सपथ आज दिउँसो १ बजेका लागि तय गरिएको थियो । प्रदेश प्रमुख कार्यालयले सपथ कार्यक्रमको सुचना प्रकाशन गरेको १२ घण्टा नबित्दै पुन आज बिहान अर्को सुचना जारि गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि रोकिएको जनाएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीयदलको निर्वाचन पश्चात प्रदेश प्रमुखलाई भेट्न गएका इन्द्र बहादुर बानियाँले नव-नियुक्त मन्त्रीको सपथ नगर्न प्रदेश प्रमुखलाई दवाब दिए पछी आज हुने सपथ रोकिएको प्रदेश प्रमुख कार्यालयका एक कर्मचारीले बताए । बानियाँ सित भेट गरे पछी प्रदेश प्रमुख हेटौंडा ४ हुप्राचौर अवस्थित एक व्यक्तिको निजि निवासमा रात्रीकालिन भोजमा सहभागी भएका थिए । राति अवेर सम्म त्यहि भएका प्रदेश प्रमुख बिहान एक्कासि स्वास्थ्यको कारण देखाउनु सुनियोजित रहेको आरोप उनि माथि लागेको छ । राति अवेर सम्म हुप्राचौर स्थित एक घरमा रहेका प्रदेश प्रमुख बिहान एक्कासि स्वास्थ्य अवस्था देखाउदै सपथ कार्यक्रम रोक्नु अस्वाभाविक रहेको बुझिएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार आन्तरिक तथा कानुन, सहकारी तथा गरिबी निवारण, र युवा तथा खेलकुद मन्त्रालयका लागि गरेका नियुक्तिहरूको शपथ प्रदेश प्रमुखको कार्यालयमा हुने भनिएको थियो । नव-नियुक्त मन्त्रीको सपथ कार्यक्रमको सुचना प्रकाशन लगत्तै प्रदेश प्रमुख देवकोटालाई भेटेका इन्द्र बहादुर बानियाँ र प्रदेश प्रमुख देवकोटा बीच केहि समय छलफल भएको थियो । प्रदेश प्रमुख देवकोटाले बानियाँलाई स्पेस दिन स्वास्थ्यको कारण देखाएर सपथ रोकेको आरोप उनि माथि लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस