चौधरी ग्रुपको ट्याक्सीलाई अनुमति नदिए पछी सुरु भयो बागमती प्रदेश सरकार परिवर्तनको लबिङ

चौधरीको चर्तिकला

चौधरी ग्रुपको ट्याक्सीलाई अनुमति नदिए पछी सुरु भयो बागमती प्रदेश सरकार परिवर्तनको लबिङ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
११ श्रावण २०८२, ०६:४८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
११ श्रावण २०८२, ०६:४८

नेकपा एमाले बाट हुत्तिएर नेपाली कांग्रेस प्रवेश गरेको उद्योगपति बिनोद चौधरीको “कोर कनेक्सन”मा बागमती प्रदेश सरकार परिवर्तन गर्न लागेको रहस्य बाहिरिएको छ ।

चौधरी ग्रुपले आफ्नो ब्राण्डमा संचालन गर्न खोजेको ट्याक्सी पटक पटक ताकेता गर्दा पनि बागमती प्रदेश सरकारले अनुमति नदिए पछी कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य बिनोद चौधरी बागमती प्रदेश सरकारबाट बहादुर सिंह लामालाई हटाएर आफ्ना “एस म्यान” इन्द्र बहादुर बानियाँलाई बनाउन कन्दनी फुस्कने गरि लागेको आरोप लागेको हो ।

बागमती प्रदेश सरकारले कानुन बिपरित दबाबमा कार्यविधि बनाएर चौधरी ग्रुपको ट्याक्सीलाई इजाजत दिएर कार्यन्वयन गर्न दिएको प्रेसर बहादुर सिंह लामा नेतृत्वको सरकारले नमाने पछी चौधरी बागमतिमा आफ्ना “एस म्यान”लाई बागमतीको बागडोर सुम्पेर आफ्नो अर्वौ रकमको ब्यापारको बाटो खुलाउन चौधरी लागि परेको स्रोतको दाबि रहेको छ ।

बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयका मंत्री प्रेम भक्त महर्जन समेतलाई प्रभावमा परि बागमती प्रदेश सरकारबाट चौधरी ग्रुपको ट्याक्सी इजाजत लिने दाउमा देखिएका बिनोद चौधरीले बर्षौ सम्म पनि कुनै दाल गलाउन नसके पछी अहिले चौधरी बहादुर सिंह नेतृत्वलाई पन्छाएर बानियाँलाई बागमतीको बागडोर सुम्पन पार्टी भित्रनै तिकडम गरि रहेको कांग्रेस उच्च स्रोतले बताएको छ । कानुन बिपरितको कार्य गर्न नसके पछी चौधरी समस्यामा परेका थिए ।

बिनोद चौधरीको चौधरी ग्रुपले संचालनमा ल्याउन खोजेको ट्याक्सी मापदण्ड बिपरित रहेको कारण चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेतलाई सत्ता र शक्तिको आडमा दबाव र प्रभावमा पारि इजाजत लिने प्रयास गरेका थिए । चौधरीले ट्याक्सीको रुपमा प्रयोग गर्न पाउ भनि हालेको निबेदनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश सरकारलाई २०८२ जेठ २ गते ट्याक्सीको रुपमा प्रयोग गरिने सवारी सम्बन्धि मापदण्ड २०८१ सम्बन्धमा भन्दै पत्र लेखेको थियो । उक्त पत्रमा नेपाल सरकारको २०८२ बैसाख ३० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार स्वीकृति संसोधन सहितको निर्णय पठाएको थियो ।

संघिय सरकाले पठाएको उक्त निर्णय बागमती प्रदेश सरकारको कानुन बिपरित देखिएन आएको कारण बागमती प्रदेश सरकारले चौधरी ग्रुपको ट्याक्सी संचालन गर्न मापदण्ड नपुग्ने ठहर गरे पछी रन्थनिएका बिनोद चौधरी अन्तत बहादुर सिंह लामा नेतृत्वको सरकार परिवर्तन गर्ने खेलमा लागेको प्रस्ट हुन्छ । अर्वौ रकम लगानी भैसकेको तर प्रयोगमा आउँन बागमती प्रदेश सरकारले रोक लगाए पछी रिसले चुर भएका चौधरी आफ्नै पार्टी भित्र पार्टीका नेता कार्यकर्ता सक्काउने खेलमा लागेको कांग्रेस निकट स्रोतको दाबि रहेको छ । राजनितिलाई ब्यापार सित तुलना गरेर पार्टी भित्रनै अविस्वासको खेल खेल्न लगाउने चौधरीकै कारण आज बागमती प्रदेशमा कांग्रेस भित्रनै विवाद चुलिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस