सुरक्षा माग गर्दै हेटौंडाका जनप्रतिनिधिको जिल्ला प्रशासनमा धर्ना

सिडिओको विरूद्ध आन्दोलन

सुरक्षा माग गर्दै हेटौंडाका जनप्रतिनिधिको जिल्ला प्रशासनमा धर्ना

एमालेबाट निर्वाचित जनप्रतिनिधि उपस्थित भएनन्

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ श्रावण २०८२, १२:०० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ श्रावण २०८२, १२:००

हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय मकवापुर परिसरमै धर्ना तथा आन्दोलन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुर लगायतका सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै जनताका प्रतिनिधि धर्नामा बस्नु परेको हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताउनु भयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने माथि भएको सांघातिक आक्रमणको बिषयमा सुरक्षा निकायले चासो नदिएको आक्रमण गर्नेलाई पक्राउ गर्न नसकेको बिरोधमा जनप्रतिनिधि आन्दोलनमा उत्रन बाध्य भएको कोइरालाले बताए ।

हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले पटक पटक सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठ समेतलाई अनुरोध गर्दा समेत कुनै सुनुवाई नभए पछी जनप्रतिनिधि आन्दोलित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय भित्र टेबुल राखी हेटौडा उपमहानगरपालिकाका जनप्रतिनिधिले जनताको कामको थालनी गरेका छन । मकवानपुरको प्रमुख जिल्ला अधिकारि भएर स्किम श्रेष्ठ आए पछी मकवानपुर जिल्लाको शान्ति सुरक्षा अस्त ब्यस्त भएको आरोप उनि माथि लाग्दै आएको छ भने बेला बेलामा प्रजिअ श्रेष्ठकै बिरुद्धमा समेत नारावाजी हुने गरेको छ ।

जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना कार्यक्रम राख्ने तयारि गरि रहेको अवस्थामा जनप्रतिनिधि र सुरक्षा कर्मी बीच केहि समय बाद विवाद समेत भएको थियो । जनप्रतिनिधिले धर्ना कार्यक्रमको लागि ल्याएको टेबुल प्रशासन कार्यालय भित्र लैजान रोक लगाए पछी विवाद भएको हो । प्रहरीले माथिको आदेश भन्दै रोक्न खोजेको भए पनि हेटौडा ८ का वडा अध्यक्ष राम थापाले धर्ना स्थलमा टेबुल लागेका हुन् । विवादकै क्रममा हेटौडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले प्रहरीले असहयोग गरेको शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गुनासो गरेका थिए ।

धर्ना कार्यक्रममा हेटौडा १ का वडा अध्यक्ष सविन न्यौपाने २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन ३ नम्बर वडा अध्यक्ष ढलक् थापा ६ नम्बर वडा अध्यक्ष बिष्णु बहादुर दाहाल ६ नम्बर वडा सदस्य विजय पौडेल ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम ८ नम्बर वडा अध्यक्ष राम थापा ९ नम्बर वडा अध्यक्ष सुकराम के.सी १२ नम्बरका अर्जुन तिवारी १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला १७ नम्बर वडा अध्यक्ष उद्धब सत्याल लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा कालो ब्यानर सहित जनप्रतिनिधिले गरेको धर्ना कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि भने यो समाचार तयार पार्दा सम्म उपस्थित भएका थिएनन । केहि महिना अघि भएको सिडिओ स्किम श्रेष्ठ बिरुद्धको सडक आन्दोलनमा प्रदर्शनकारीले एमाले सिडिओ फिर्ता जा भन्दै नारावाजी समेत गरेका कारण एमाले बाट निर्वाचित जनप्रतिनिधि धर्ना कार्यक्रमा सहभागी नभएको हुन् सक्ने आरोप रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस