तिर्थराज चिलुवाल मकवानापुरबाट सरुवा भए पछी राजनीतिक सोर्स भिडाएर गृहमन्त्रालयको कार्यविधि बिपरित आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारि भएर मकवानपुर आएकी स्किम श्रेष्ठ मकवानपुर आए लगत्तै देखि विवादित बन्दै आएकी भए पनि अन्तत उनको कार्यसैली प्रति रुस्ट रहेको कान्छो सरकार उनि बिरुद्धनै आन्दोलनमा उत्रने भएको हो ।
कार्यसैलिमा निक्कै कमजोर देखिएकी श्रेष्ठको कार्यसैलीकै कारण कान्छो सरकार उनि बिरुद्ध आन्दोलनमा उत्रने भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन गर्ने भएका छन् । मकवानपुरको प्रशासन सम्हालेताका निक्कै चर्चामा रहेकी श्रेष्ठ त्यसको साता नबित्दै विवादित बनेकी हुन् ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित हुने भएका हुन् । उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा टेवल राखेर सेवा प्रबाह गरी आन्दोलनको सुरुवात गर्ने भएका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो करिब पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटना घटेको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पनि पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित हुने भएका हुन् ।
हेटौंडाका वडाअध्यक्षहरुले दुईदिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेवल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने भएका हुन् । ‘वडा अध्यक्षमाथि आक्रमण भएको एक महिना भैसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुरको प्रहरी प्रशासनको लाचारीपन हो’, हेटौंडा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भने यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’ प्रमुख जिल्ला अधिकारिले मकवानपुरको शान्ति सुरक्षामा ध्यान दिन नसकेको आरोप जनप्रतिनिधिले उनि माथि लगाउदै आएका छन । प्रमुख जिल्ला अधिकारि जिल्ला वासीको अविभावक हुनु पर्नेमा कुनै दलको कार्यकर्ता भएको जनप्रतिनिधिको आरोप रहेको छ । नेपालको इतिहासमा बिरलै हुने सिडियो बिरुद्धको आन्दोलनमा श्रेष्ठ मकवानपुरको सिडिओ भए पछी उनका बिरुद्धमा साप्ताहिक रुपमा आन्दोलन धर्ना लागायतका बिरोधका कार्यक्रम हुने गरेको छ भने उनि बिरुद्ध नेपाल पत्रकार महासघ मकवानपुर शाखाको असार १२ गते बसेको बैठकमा खेद प्रस्ताबनै पारित भएको थियो ।
वडा अध्यक्षमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै विरोध समेत भैरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काको जिल्लामा चौतर्फीरुपमा आलोचना भैरहेको छ । मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडा अध्यक्षमाथि आक्रमणहुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको आलोचना गर्नेहरु बढ्दो छन् । दिउँसै निर्घात कुटिएका बिन्दल दास आक्रमण गर्ने आक्रमणकारी अझै पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले चासो दिएको छैन ।
वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण हुनुअघि हेटौंडा १० राप्तीरोडमा रहेको दास ईम्पोरियम कपडा पसलका सञ्चालक विन्दल दासमाथि आक्रमण भएको थियो । यस विषयमा हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयरसहित वडा अध्यक्षहरु र जिल्लाका राजनीतिक दलले वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने माग समेत गरेका थिए । प्रहरीले वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेको खोजी कार्य समेत गर्न छोडेको आरोप लागेको छ । प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिहरुले समेत खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।










प्रतिक्रिया