हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडा पान्तालेमा रहेको बुद्ध माध्यामिक बिद्यालयमा अध्यानरत विद्यार्थीले उचित ट्वाइलेट नहुँदा समस्या भोग्नु परेको विद्यार्थी र अविभावकले गुनासो गरेका छन । विद्यालय भवन सुबिधा सम्पन्न भए पनि सौचालयको दुरावस्थाको कारण बिद्यार्थीले समस्या भोग्दै आएको पाइएको हो ।
हेटौंडा उपमहानगरपालिका , बागमती प्रदेश सरकार र संघिय सरकारले सामुदायिक बिद्यालयमा ठुलो लगानी गरेको भए पनि बिद्यालयको आवश्यक पूर्वाधारमा चासो नदिंदा विद्यार्थीले समस्या भोग्नु परेको छ । हेटौंडा १२ मा रहेको बुद्ध माध्यामिक बिद्यालयमा अध्यान गर्ने विद्यार्थीको समस्या स्थानीय सरकार बिद्यालय प्रशासन र व्यवस्थापन समितिले चासो नदिंदा त्याहाँ अध्यान गर्ने छात्र/ छात्राले समस्या भोग्नु परेको हो । हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडा कार्यालय नजिकै रहेको यो विद्यालयमा देखिएको समस्यामा वडा कार्यालय र जनप्रतिनिधी समेतले चासो दिएका छैनन् ।

बिद्यालय भवन रंग रोगन गरेर चिटिक्क बनाउदा उक्त विद्यालयको सौचालय, पानि ट्यांकी बालबालिका खेल मैदानले बिद्यालयलाईनै जिस्काई रहेछ भने उक्त बिद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय सरकारको परिचय समेत देखाई दिएको छ । विद्यालयको सौचालयको अवस्थाले विद्यार्थीहरु बिरामी पर्ने समस्या समेत देखिएको अविभावकहरुको गुनासो रहेको छ ।
निर्वाचन ताका ठुला-ठुला आश्वासन देखाएका वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन तिवारीले उक्त बिद्यालयका विद्यार्थीको समस्या बुझ्न नसकेको स्थानीयको गुनासो रहेको छ । दिशा पिसाब मुक्त क्षेत्र् घोषणा गरेको भए पनि बुद्ध माध्यामिक विद्यालयका विद्यार्थी भने सौचालय जान नसक्ने अवस्थाकै कारण नजिकै रहेको जंगल जानु पर्ने बाध्यता रहेको छ । बुद्ध माध्यामिक बिद्यालयको लापरवाही र स्थानीय सरकारले चासो नदिंदा यो समस्या देखिएको हो । बुद्ध माध्यामिक बिद्यालयमा ४७५ हाराहारीमा विद्यार्थी अध्यानरत रहेका छन ।










प्रतिक्रिया