रात परेपछी हेटौंडाको भट्टी-भट्टीमा भेटिन्छन् सरकारी गाडी

रात परेपछी हेटौंडाको भट्टी-भट्टीमा भेटिन्छन् सरकारी गाडी

सरकारी सवारी दुरुपयोग गर्ने को हुन् ?

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ असार २०८२, ११:१० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ असार २०८२, ११:१०

चालु आर्थिक बर्ष २०८१/०८२ को हर हिसाब मिलान गरेर यति बेला सरकारी सवारी साधनको दुरुपयोग गर्नेको संख्या मकवानपुरमा तिब्र देखिएको छ । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ मा काम गर्न नसकेर प्रदेशको बजेट १७ अर्व बढी फ्रिज गर्नु पर्ने अवस्था रहेको बेला प्रदेश सरकार अन्तर्गत रहेका सवारी साधन भने प्रदेश सरकारको १७ अर्व बढी रकम फ्रिज भएको अवस्थामा केहि भूल चुक लेना देना मिलाउन सरकारी सवारी साधनको चरम दुरुपयोग गरेको पाइएको हो । जनताको कर बाट चल्ने तिनै तहको सरकारका मुखिया हरु यति बेला सरकारी सवारी साधनको चरम दुरुपयोग गरि डिस्को दोहोरि र भट्टी तिर भेटिन थालेका छन ।

सार्वजनिक बिदा वा सरकारी समय सकिए पछी सत्ता र शक्तिको आडमा सरकारी सवारी साधन दुरुपयोग गर्नेको संख्या नगन्य रहेको छ । दिन भर कार्यालयमा थन्किएका सवारी साधन सांझ पर्ने बितिक्कै हेटौंडाका दोहोरि डिस्को र भट्टी तिर भेटिनु सामान्यनै बनि सकेको छ । आर्थिक बर्षको हिसाब मिलान गरेर फ्रेस हुन् निस्कने उच्च तहका सरकारी कर्मचारी जनप्रतिनिधिहरु यो मामिलामा अग्र स्थानमा देखिने गरेका छन ।

असार २५ को हिसाब मिलान पछी सरकारी सवारी साधन दुरुपयोगको घटना अत्याधिक बढेको पाइएको हो । असार २६ गते अन्दाजी ७ बजेर ४५ मिनेट आसपासमा हेटौडा उपमहानगरपालिका ८ कमाने स्थित कमाने सेकुवा कर्नरमा देखिएको बा २ झ १९७० नम्बरको सेतो कार समेत सवारी साधन दुरुपयोग गरि जग हसाउने कार्य गरेको पाइएको हो । राज्यको ढुकुटी स्वाह हुने गरि भट्टी पसलमा देखिएको उक्त गाडीले राज्यको ढुकुटी मात्र दोहन गरेको मात्र छैन सरकारी सवारी साधन दुरुपयोग गरि शुशासन माथिनै प्रश्न चिन्ह खडा गरेको छ । रात परे पछी भट्टीमा देखिने यो सवारी साधन कसको हो भन्ने प्रश्न चासोको बिषय बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस