राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाको अस्वाभाविक “कोर कनेक्सन”

राष्ट्रिय बाणिज्य बैंक प्रति विश्वास गुम्दै

राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाको अस्वाभाविक “कोर कनेक्सन”

कमिसनमा बन्द खाता खुलाएर रकम निकासा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ असार २०८२, ०९:४६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ असार २०८२, ०९:४६

राष्ट्रिय बाणिज्य बैंक सरकारी बैंक भए पनि काम भने कमिसन बैंक जस्तै भएको तथ्य बाहिरिएको छ । बैंकले लोन कारोवार देखि लिलाम घट बढ सम्ममा कोर कनेक्सन गर्ने गरेको पाइएको हो । बैंकले बैधानिकता खोज्ने तथ्यलाई समेत अनदेखा गरि तथ्य बाहिर रहेर कमिसनको आडमा काम गर्ने गरेको सार्वजनिक भएको छ । देशैभर रहेका बैंकका शाखा मध्ये सुर्खेतमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा र त्यहाँ कार्यरत कर्मचारी “कनेक्सन कमिसन” धन्दानै चलाई रहेको पाइएको हो ।

राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाले कालो सुचिमा राख्नु पर्ने बैंक खातालाई समेत नगद झिक्नको लागि मात्र खाता संचालक संग मिलेमहत्व गरि खाता केहि घन्टाको लागि सुचारु गरि बन्द खाताबाट रकम निकासी गरेको पाइएको हो । राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाले कमिसनमा कनेक्सन गर्दा समेत बैंकको माथिल्लो निकाय भने मौन देखिएको छ । सेवा लिने बैंकका सेवाग्राहीलाईनै समस्या हुने गरि उक्त बैंकले कमिसनको चलखेलमा अस्वाभाविक कार्य गरे पछी राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाको “लुट” बाहिरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले धितो जमानी देखि ऋण स्वीकृत गर्ने कार्य सम्म अस्वाभाविक आय आर्जन धन्दानै चलाउने गरेको छ भने बैंकले तोकेको भ्यालुएटरले समेत धितो कोल्याटर हेराफेरी गर्ने गरेको पाइएको छ ।

राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाले अनुपम इन्जीनियरिङ सोलुसन सेन्टर प्रा.लि संगको सहकार्यमा बैंकको सिस्टममै हेराफेरी गरि आर्थिक उपद्रता गरेको हो ।

अनुपम इन्जीनियरिङ सोलुसन सेन्टर प्रा.लिलाई कालोसूचीमा राखेर प्रक्रिया अगाढी बढाउनु पर्नेमा बैंकका कर्मचारीको मिलिभगतमा कालोसूचीमा राख्नु पर्ने कम्पनीलाईनै उन्मुक्ति हुने गरि बन्द खाता बाट केहि समयलाई सिस्टमनै खुल्ला गरि रकम निकासी गर्ने अवसर प्रदान गरे पछी राष्ट्रिय बाणिज्य बैंक प्रति नागरिकको बिश्वास गुम्दै गएको पाइएको हो । कम्पनि रजिस्ट्रार कार्यालयमा दर्ता रहेको दर्ता नम्बर १३२६७१/०७१/०७२ को अनुपम इन्जिनियरिङ सोलुसन सेन्टर प्रा.लिको कैफियत हुँदा हुँदै पनि राष्ट्रिय बाणिज्य बैंक सुर्खेत साखाका कर्मचारीको मिलिभगतमा बैंक तथा वित्तीय संस्था संचालन कार्यविधिलाईनै चुनौती दिने गरि राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाका शाखा प्रबन्धक कृष्ण प्रसाद अर्याल समेतको मिलिभगतमा लक् भएको बैंकको सिस्टमनै “अनलक” गरि अनाधिकृत रुपमा रकम निकासा गरेको हो ।

अनुपम इन्जीनियरिङ सोलुसन सेन्टर प्रा.लि ले राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखामा बैंक एकाउन्ट रहेको खाता नम्बर ४९८०१०००३४८६१००१ को चेक नम्बर ०१०९३२६९०६ को अमित इन्फ्रा बिल्डर्स प्रा.लि लाई दश लाखको चेक दिएको र उक्त खातामा नगद नभए पछी अमित इन्फ्राले चेक बाउन्स गरि अनुपम इन्जीनियरिङ सोलुसन सेन्टर प्रा.लि को खाता कालोसूचीमा राख्न बैंकलाई २०८१ मंसिर २४ गते राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखालाई पत्र पठाएको तथ्यले देखाउछ । बैंकले उक्त अनुपम इन्जीनियरिङ सोलुसन सेन्टर प्रा.लिको बैंक खाता रोक्का गरि कालोसूचीमा राखी कर्जा सुचना केन्द्रलाई पठाउनु पर्नेमा उल्टै त्यसको केहि हप्ता पछी अनुपम इन्जीनियरिङ सोलुसन सेन्टर प्रा.लिमा अन्य बाट जम्मा हुन् आएको एघार लाख पचास हजार रकम बन्द रहेको खाता बाट निकाल्न अनुमति दिए पछी राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाको हेराफेरी र बैंक प्रति जनताको बिश्वास गुम्दै गएको पाइएको हो ।

बैंकका तत्कालिन शाखा प्रबन्धक कृष्ण प्रसाद अर्यालले उक्त बन्द रहेको खाताबाट बैंकको सिस्टमनै अनलक गरि कमिसन कनेक्सन गरेको स्रोतको दावी रहेको छ कालोसूचीमा राख्नु पर्ने प्रावधानलाईनै चुनौती दिंदै बैंकले बैंकिङ्ग कारोवार ऐनकै धज्जी उडाउने कार्य गरेको हो ।

अनुपम इन्जिनियरिङ सुलोसन सेन्टरका संचालक मध्येका दिपक ढकाल बाणिज्य बैंक संचय कोष कार्यालय लगायतका भ्यालुएटर रहेका कारण समेत राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीले उदारता देखाएको र बैंकको बदनियत हुने कार्य गरेको स्रोतको दावी रहेको छ । यस बिषयमा राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाका प्रवन्धक सित प्रतिक्रिया लिंदा उनि भन्छन यस्तो गर्न पाइदैन तर यो काम मा आउनु भन्दा अगाढीकै साखा प्रबन्धकले गरेको कारण बुझेर खबर गर्ने प्रतिक्रिया दिए ।

राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाको यो  हद सम्म्मको लापरवाहीको कारण एकातिर कानुनको  धज्जी उडाउने कार्य भएको छ भने अर्को तिर बैंक माथि नागरिकको बिश्वास गुम्ने खतरा बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस