प्रमुख जिल्ला अधिकारि श्रेष्ठको निर्णयले प्रेस माथि अंकुश

प्रेस माथिको अंकुश

प्रमुख जिल्ला अधिकारि श्रेष्ठको निर्णयले प्रेस माथि अंकुश

दवाब हो कि दमन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ असार २०८२, ०७:४९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ असार २०८२, ०७:४९

मकवानपुरकी प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाएको आरोप लाग्दै आएको छ । जिल्ला को शान्ति सुरक्षा लथालिंग बनाएर यति बेला प्रजिअ पत्रकार माथि अंकुश लगाउन व्यस्त देखिएको आरोप उनि माथि लाग्दै आएको छ । दिन दहाडै हेटौंडा बजारको ब्यस्त चोकमा ब्यबसायी निर्घात कुटिने अवस्था आएको छ तर कुटपिट गर्ने अहिले सम्म पक्राउ पर्न सकेको छैन । कार्यकक्षमै जनप्रतिनिधि माथि मोसो प्रहार हुन्छ अहिले सम्म प्रशासनले नियन्त्रण गर्न सकेको छैन यस्तो बेला प्रजिअ भने आफ्नो कार्यकक्षमा फोटो भिडियो नखिच्नु होला भन्ने स्लोगन टाँसेर त्यहि हेरेर व्यस्त भएको पाइएको छ । गृह प्रशासनको कार्यविधि बिपरित आफ्नै गृह जिल्ला आएको श्रेष्ठ एक पछी अर्को विवादमा पर्दै आएकी छिन ।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नो कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी छन् ।

यो बन्देज पत्रकारलाईसमेत भएको उनले पत्रकारहरुबीच नै स्पष्ट पारेकी छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ ।’ लेखिएको पम्प्लेट टाँसिएको छ । पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अनुमति बिना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको जवाफ दिएकी छन् ।

‘यहाँ धेरै किसिमका मानिसहरु आउँछन्, जे जस्तो पनि बोलिरहेका हुन्छन्, सबै विषयको भिडियो बनाउँदा उनीहरुलाई नै अप्ठेरो हुनसक्छ, त्यसैले मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनुपर्ने भनेको छु ।’ प्रजिअ श्रेष्ठले भनिन् । उनले फोटो भिडियो खिच्ने विषयलाई संसदसँग तुलना गरेकी छन् । ‘संसदमा त सबै भिडियो खिच्न पाइन्छ, यहाँ किन नपाइने’ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भनिन् ‘यो कार्यालय संसद जस्तो पनि होइन, त्यहाँ त जिम्मेवार सांसदहरु हुन्छन्, यहाँ जो जस्तो पनि मान्छे आएर जे जस्तो पनि बोलिरहेका हुन्छन्, सबै कुरा खिचेर सार्वजनिक गर्दा भोलि बोल्नै मानिसलाई नै अप्ठेरो हुन्छ, त्यसैले भिडियो खिच्न अनुमति लिनुपर्ने बनाएको हुँ ।’

गत असार ६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रजिअ श्रेष्ठले भिडियो खिच्न रोक लगाएकी थिइन् । सो विषयमा पत्रकार महासंघको जिल्लादेखि केन्द्रीय समितिसमेतले विज्ञप्तिमार्फत फोटो भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै विरोध जनाएको थियो । महासंघ मकवानपुरको असार १२ गते बसेको बैठकले प्रशासनमा फोटो भिडियो खिच्न रोक लगाएको विषयमा खेद प्रकट गर्ने निर्णय गरेको थियो । सो विषयमा भत्र्सना गर्दै आगामी दिनमा यस्तो गतिविधि नदोहो¥याउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने कार्यक्रमअन्तर्गत महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहितको टोली बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको थियो ।

सो कार्यक्रममा प्रजिअ श्रेष्ठले पत्रकारमाथि फोटो भिडियो खिच्न बन्देज लगाइएको विषय जायज भएको भन्ने आशयले मन्तव्य दिई पत्रकारलाई थप बोल्न नदिई कार्यक्रम टुङ्ग्याइएपछि महासंघको टोली निस्किएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालय परिसर र प्रजिअ कार्यकक्षमै फोटो भिडियो खिच्न रोक लगाइएको विषयमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आश्चार्य प्रकट गरेका छन् ।

‘अनुमति लिनपर्ने एरिया कानुनले निर्धारण गर्छ नि, त्यो उहाँहरुले तोक्ने कुरा हैन नि, कुन सिडिओ अफिसमा यस्तो व्यवस्था छ ? प्रधानमन्त्री कार्यालयमा त यो बन्देज छैन ।’ दाहालले भने–‘सिडिओ सापले कुन कानुनअनुसार यो गर्नुभएको हो, त्यसको जवाफ दिनुपर्छ, पत्रकारलाई नै समाचार संकलनमै बाधा हुनेगरी यस्तो गर्नु गलत हो ।’ फोटो भिडियो खिच्न अनुमति लिनुपर्ने कार्यालयको गेटमै पम्प्लेट टाँसिएको विषयमा ध्यानाकर्षण गराउँदा प्रजिअ श्रेष्ठले त्यसलाई हटाउने प्रतिवद्धता जनाइन् ।

‘कार्यकक्षमा चाहिँ अलाउ गर्दैनौँ, बाहिर मिटिङ हलमा अलाउ गरौँला, बाहिर कतै कहिँ त्यस्तो टाँसिएको भए म निकालौँला ।’ उनले भनिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस