मकवानपुरको बागमती गाउँपालिका ९ बेतिनिमा खुर्पा प्रहारबाट एक जना स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान अन्दाजी पांच बजेको समयमा जिल्ला बारा निजगढ़ नगरपालिका ३ सिंगोल बस्ने बर्ष ३५ को कुमार थापाले धारिलो हतियार खुर्पा प्रयोग गरि वाईवालाई घाइते बनाएको र उपचारको लागि बेतिनी स्वास्थ्य चौकीमा चेक जांच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय फापरवारी बाट घटना स्थलमा गएको प्रहरी टोलीले हत्यामा सरिक भएका कुमार थापा र हतियार नियन्त्रणमा लिएको बताएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय फपरवारिको टोलीले थप अनुसन्धान गरि रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । हत्यामा सरिक भएको थापा बेतिनी स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको प्रहरीले बताएको छ । वाइवाको हत्या गरेका थापाले हातमा खुर्पा बोकेर सोहि स्थानमा अन्य व्यक्ति समेत लाई मार्छु भनेर बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।










प्रतिक्रिया