जेठ ३० गते बाट राजमार्ग बन्द गरिने

राजमार्ग बन्द रहने

जेठ ३० गते बाट राजमार्ग बन्द गरिने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ जेष्ठ २०८२, ०९:२८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ जेष्ठ २०८२, ०९:२८

नेपालकै सबै भन्दा बढी सवारी आवत जावत हुने राजमार्ग बन्द गरिने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो ।

बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गते सम्म राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए ।

नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनहरू मलेखु र हलुका सवारी साधनहरू शितलबजारमा रोकिनेछन् ।

राजमार्ग बन्द रहने भएका कारण यात्रा गर्दा समय मिलाएर यात्रा गर्न समेत अनुरोध गरिएको केन्द्र प्रमुखले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस