डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध

बाटो बन्द

डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ जेष्ठ २०८२, ०१:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ जेष्ठ २०८२, ०१:२३

पूर्वपश्चिम राजमार्ग यतिबेला बन्द भएको छ । राजमार्ग बन्दा हुँदा सयौ सवारी साधन बीच बाटोमानै रोकिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनले बताए ।

डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।

यसैबिच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ । असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस