हेटौंडामा आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रम

हेटौंडामा आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रम

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ जेष्ठ २०८२, ०९:५९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ जेष्ठ २०८२, ०९:५९

हेटौंडामा आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रम भएको छ ।

आइतबार हेटौंडा उपमहानगरपालिका -१२ स्थित परिवर्तन टोल विकास सस्थाको सभा हलमा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा न्यानो आँगन नेपालले उक्त आर्यक्रम आयोजना गरेको हो  ।

कार्यक्रममा आत्महत्याको विचार, मन परिवर्तनका उपाय, दैनिकीलाई कसरी ब्यस्त बनाउने र मनोवैज्ञानिक प्रभावका बारे चर्चा गरिएको थियो ।  पालिका भित्रका सबै टोल टोलमा गएर आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागिएको न्यानो आँगन नेपालकि अध्यक्ष मन्जु फुयाँलले जानकारी दिइन् ।

विशेष गरेर उमेर समूह, सामाजिक, आर्थिक, विविध कारणबाट पनि आत्महत्या हुने गरेको र यसलाई रोकथामको लागि मुख्य त सामूहिक पहल गरी मान्छेमा भएको एकोहोरो र निराशपन हटाउन सिकायो भने आत्महत्या कमी ल्याउन सकिने फुयाँलले बताइन् ।

आर्थिक अवस्था कमजोर भएपछि समाजले हेर्ने दृष्टिकोणमा पनि फरक पर्ने भएकाले पनि आत्महत्यामा बल पुग्ने भएकाले मानिसहरूलाई विभेद होइन, हौसला माया र प्रेमले पनि आत्महत्या न्यूनीकरण गर्न मद्दत पुग्ने कार्यक्रमका सहजकर्ता बिजय राज सिग्देलले बताए ।

न्यानो आँगनकि मन्जु फुँयालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो भने, कार्यक्रममा ८४ जनाको उपस्थिति रहेको थियो ।

न्यानो आँगनले विगत दुई वर्षदेखि आत्महत्या न्यूनीकरण सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस